मलाई मन लाग्यो
अब त कोइलीको मीठो स्वर पनि
नमीठो झर्को लाग्ने हुन थाल्यो
सुन्दर हरियाली पनि वइलिएर
नरमाइलो लाग्नथाल्यो
अब त झरनाको मीठो गीत पनि
कानमा मृत्युको घण्टा झै बज्न थाल्यो
क्रंदनमा हाँसेर धर्तीमा बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
अब त हरियाली सुन्दर वसन्त पनि
उराठ लाग्दो मरुभूमि जस्तो लाग्नथाल्यो
कोमल फूल पनि
कडा पत्थर जस्तो लाग्नथाल्यो
अब त उज्यालो दिन पनि
अध्यारो रात जस्तो लाग्नथाल्यो
यस धर्तीमा तड़पन सहेर बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
अब त दुई थोपा आँशु र शीतल पवन पनि
भीषण वर्षा र आंधीवेरी जस्तो लाग्नथाल्यो
मायालु मीठा वचन पनि
तीखा वाण झै मुटुमा घोच्न थाल्यो
अब त जीवनको मीठो कहानी पनि
तितो विष झै लाग्नथाल्यो
यस धर्तीमा आँशु आँशुको ज्वाला पिएर बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
अब त बिहानको कलिलो घाम पनि
हृदय जल्ने चर्कीलो जस्तै लाग्नथाल्यो
अतीतका मीठा पानाहरु पनि
घाउ जस्तै बेसरी पोल्न थाल्यो
अब त मगमगाउने वासना पनि
गन्हाउने कसिङ्गर जस्तै लाग्नथाल्यो
यस धर्तीमा जलन सहेर बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
अब त निश्तब्ध स्थानमा पनि
कोलाहल र चिच्याहट जस्तो लाग्न थाल्यो
स्वतन्त्र भएर हिंडे पनि
बन्धनमा बांधिए झै लाग्न थाल्यो
अब त काखको न्यानो माया पनि
क्रोधको ज्वाला जस्तो लाग्नथाल्यो
यस धर्तीमा अज्ञात भएर बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
अब त इतिहासमा कोरिएका कथाहरु पनि
आफ्नै व्यथा जस्तै लाग्नथाल्यो
ओठहरुका मधुर मुस्कान पनि
जीवनको शत्रु झै लाग्नथाल्यो
अब त यथार्थ विपना पनि
रातमा देखिएको सपना जस्तै लाग्न थाल्यो
यस धर्तीमा रोदन सहेर बाँच्नु भन्दा
मलाई अग्निमा जलेर मर्न मन लाग्यो
