यो कविता मेरो छोरो शुभाङ्ग नन्दन तिमिल्सिनालाई समर्पण किनकि उसलाई यो अति नै मन पर्छ। कारण यो कवितामा उसको मामा घर उल्लेख भ' को छ। He loves the place Panchkhal N Tamaghat.
तामाघाटको अलिपर पाँचखालमा
जलढुंगेको पानी खाई पुलमा बस्दथें
कहिले स्कुल आउँछिन भनि बाटो कुर्दथें
इशाराले बोलाउँदा हेर्दै नहेर्ने
अलमल पर्थें खालि अनि के गर्नें
शाहस गरि एक मैले चिट्ठि पठा' को
पाँचखालको नर्सरीमा भेट्न बोलाको
आइ लभ यु भन्दा मैले उनी लजाइन
कसैले सुन्ला भनि अलि डराइन
भगवतीलाई साक्षि राखि सिउँदो सजाएँ
तामाघाट र पाँचखालको दूरी घटाएं
बाटो कुर्नु नपर्ने मुहार हेर्नलाई
लाज डर नलाग्ने कुरा गर्नलाई

No comments:
Post a Comment