विश्वकै पहिली सरोगेट मदर गंगा
गर्भाधान र बच्चाको जन्म प्रकृतिको देन हो। यो देनबाट बन्चित निसन्तान दम्पतिको लागि सरोगेसी वरदान मान्न सकिन्छ । यस्ता दम्पतिलाई सरोगेसीले संतान सुख दिन मद्दत गर्दछ। यस्ता दम्पतिको समस्या समाधानको सन्दर्भमा कृत्रिम गर्भाधानको विकास भएको हो। यसमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर विविध कारणबाट सन्तान जन्माउन असमर्थ मातापिताले संतानको ख़ुशी प्राप्त गर्न सक्छन।
के हो सरोगेसी
कसैको कोख भाडामा लिएर बच्चा जन्माउनु वा कसैलाई कोख भाडामा दिएर बच्चा जन्माइदिने विधिलाई सरोगेसी भनिन्छ। यो एक दम्पति र एक महिला बीचको सम्झौता हो , आर्थिक लाभ लिएर वा नलिकन बच्चा जन्माई दिने। बच्चा जन्माई दिने महिलाले आफ्नो सम्झौता अनुसार बच्चा जन्मे पछि अभिभावकलाई सुम्पिनु पर्दछ। हिजोआज सरोगेसी व्यवसायको रुपमा विकास भैसकेको छ।
सरोगेसीका प्रकार
ट्रेडिशनल सरोगेसी
यसलाई आंशिक सरोगेसी पनी भनिन्छ। यस प्रकारको सरोगेसीमा सबभन्दा पहिले पिताको शुक्राणु प्राकृतिक वा कृत्रिम रुपमा सरोगेट आमाको अण्डाणुसंग निषेचित गरिन्छ। यो विधिमा बच्चाले जेनेटिक पिताको र सरोगेट आमाको प्राप्त गर्दछ। यस बाहेक वीर्य अर्केको लिइएको छ भने जेनेटिक पिताको पनि हुदैन , सरोगेट आमाको मात्र हुन्छ। यसमा बच्चा जेनेटिक रुपमा सरोगेट माताको हुन्छ।
जेस्टेशनल सरोगेसी
यो प्रविधिलाई पूर्ण सरोगेसी भनिन्छ।अर्थात सरोगेट माताको जेनेटिक सम्बन्ध हुदैन। उनले बच्चालाई गर्भमा हुर्काउने काम मात्र गर्दछिन।यो प्रविधि सन १९८६ ,एप्रिलमा सफल भएको थियो। In Vitro Fertilization (IVF) प्रविधिको प्रयोग गरिएको थियो। यस प्रविधिमा जेनेटिक रुपमा सरोगेट माताको कुनै सम्बन्ध हुदैन । बच्चालाई गर्भमा हुर्काउने काम मात्र सरोगेट आमाले गर्दछिन। यस प्रविधिका विविध रुपहरु हुन्छन्।
- मातापिताको अण्ड र वीर्यको निषेचन , वंशाणु सम्बन्ध मातापिताको हुने।
- माताको अण्ड र डोनरको वीर्यको निषेचन, वंशाणु सम्बन्ध माताको हुने।
- डोनरको अण्ड (सरोगटको होइन ) र पिताको वीर्यको निषेचन, वंशाणु सम्बन्ध पिताको हुने।
- डोनरको अण्ड (सरोगटको होइन ) र डोनरको वीर्यको निषेचन, वंशाणु सम्बन्ध नहुने।
सरोगेसीको आवश्यकता
बारबार गर्भपतन भएमा
आईभि एफ उपचार फेल भएमा
गर्भमा कुनै विकृति भएमा
गर्भाशयमा कुनै विकार भएमा
गर्भाशयको अभावमा
महिलामा कुनै गम्भीर प्रकृतिको बिमारी भएमा आदि
सरोगेसीको इतिहास
- सन १९३0 -U .S का फार्मेसी कम्पनीहरु Schering -Kahlbaum र Parke -Davis द्वारा Estrogen को अधिक उत्पादन
- सन १९४४- हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक John Rock द्वारा गर्भ बाहिर निषेचन
- सन १९५३- अनुसन्धानकर्ता वीर्यको Cryopreservation गर्न सफल
- सन १९७१ - New York मा विश्वकै पहिलो वीर्य बैंकको सुरुवात
- सन १९७८ - Louise Brown विश्वकै पहिलो टेस्ट ट्यूब बच्चाको जन्म बेलायतमा (In Vitro Fertilization IVF प्रविधिको प्रयोग )
- सन १९८0 -Michigan वकिल Noel Kean ले पहिलो सरोगेसी सम्झौता पत्र तयार परेका थिए
- सन १९८५ - जेस्टेशनल सरोगेसी प्रविधिबाट एक महिला गर्भवती
- हिजोआज सरोगेसी पर्यटनको विकास भइसकेको छ।
- परोपकारी भन्दा पनि कमर्सियल सरोगेसी बढिरहेकोछ।
हिन्दु धार्मिक ग्रन्थमा सरोगेसी
हिन्दू धर्मग्रंथ संक्षिप्त स्कन्ध महापुराण गोरखपुरबाट प्रकाशित माहेश्वरखंड , केदारखण्ड पृष्ठ ४६ देखि ६१ सम्मको कथामा सरोगेसीको छनक पाइन्छ। म त्यो कुरालाई छोटोमा उल्लेख गर्छु। नमुचिकेको पुत्र तारकासुरले ब्रम्हाबाट एक बालकले मात्र मार्न सक्ने वर प्राप्त गर्दछ। यसको लागि सतिको बियोगमा तपश्यारत शिवलाई राजी गराइन्छ। विवाह पश्चात् शिव सुन्दर पुरुष बनेर सुकुमारी पार्वतीसँग गन्धमादन पर्वतको एकान्तमा रमण गर्नुहुन्छ। त्यसपछि रतिक्रीड़ा हुन्छ। वीर्य स्खलन हुन्छ। अग्नि सन्यासीको रूप लिएर माग्न आउदा पार्वतीले वीर्य दिन्छिन। सप्तऋषिका पत्नीहरु अरुंधति बाहेकलाई अग्निले वीर्य दिन्छन। पतिका डरले उनीहरुले त्यसलाई हिमालय पर्वतको शिखरमा राखिदिन्छन। त्यसलाई गंगाले धारण गर्छिन। छ वटी महिलाको अण्डासँग निषेचित वीर्यलाई गंगाको गर्भमा प्रत्यारोपण गरिएको हुनाले बालक छ मुखे जन्मिन्छ। हेर्दा कार्तिकेय कुमार पूर्ण सरोगेसीबाट जन्मिएका देखिन्छन। पार्वती विवाहको समयमा सानै थिइन -आठ बर्षकी उनीबाट सन्तान हुन सम्भव भएन। शिवको वीर्यलाई सप्तऋषिका पत्नीको अण्डसँग निषेचित गर्ने काम अग्निले गर्छन। Cryopreservation गरेर हिमालयमा राखियो अनि गंगाको गर्भमा स्थापित गरियो। ६ वटी आमा र शिवको बंशाणुलाई प्रतीकात्मक रुपमा बुझ्दा ६मुख भनिएको हो की ? सरोगेसीको परिभाषा भित्र गंगा परिनन त ? कार्तिकेय कुमारलाई शिवपार्वतीले अपनाउछन। उनले तारकासुरको संहार गर्छन।
यसबाट अझ खोजी गर्ने बाटो खुल्छ। बंशाणुबाट पनि राम्रो राम्रो छानेर छुट्याउन सकिने रहेछ। तिनै राम्रा गुणहरुबाट निषेचित गरेर सर्वगुण सम्पन्न बालक जन्माउन सकिने रहेछ।
अर्को सरोगेट आमा रोहिणीलाई लिन सकिन्छ। यो कुरा महाभारतमा पढ्न पाइन्छ। देवकीका सन्तान कंसले मार्दै जांदा सातौ गर्भ बलरामलाई रोहिणीले धारण गर्छिन। कसरी के उल्लेख त छैन। तर पनि यसको संभावना सरोगेसीमा नै भेटिन्छ। सरोगेसीको इतिहास यो हो कि माथि उल्लेख गरेको हो त ?
वास्तबमा गँगा नै पहिली सरोगेट आमा हुन।
वास्तबमा गँगा नै पहिली सरोगेट आमा हुन।

No comments:
Post a Comment