आँशुले भिज्यो चोली मेरो तिमीलाई सम्झेर
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर
सुखको आशमा बिरानो देशमा दुख पो पायौ कि
भोक र प्यास न गास बास आँशु पो पियौ कि
प्यारा आँशु पो पियौ कि
आंधी है चल्छ यो मेरो मनमा तिम्रै हाल सम्झेर
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर
लाला र बाला यी बूढा बाबा तिमीलाई खोज्दै छन्
पल भरको खुशी चाहिन्न तिनलाई तिम्रै प्यार खोज्दै छन्
प्यारा तिम्रै साथ खोज्दै छन्
यो मेरो मन जल्दछ रोजै तिमीलाई सम्झेर
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर





