झुक्किएँ म त तिम्रो त्यो मोहनी मुहार देखेर
धर्तीमा ओर्लिएकी स्वर्गकी परी नै हौकि भनेर
वदन तिम्रो सिङ्गमरमरको महल
तिमी आफैँ एक सुरमयी गजल
केश तिम्रो सावनको बादल
तिमी स्वयं सुवर्णमयी आँचल
हेरिरहुँ लाग्ने सानासाना आँखा
"मीनाक्षी ''भनि तिमीलाई बोलाउँदा के होला ?
झुक्किएँ म त तिम्रो त्यो झिलिमिली घुम्टो देखेर
जमिनमा झरेकी आकाशकी जूनै हौकि भनेर
बोली तिम्रो मधुर गीत
तिमी स्वयं एक प्रीत
सृंगार तिम्रो बिहानीको शीत
तिमी आफैँ आभाकी मीत
मोहनी लगाउने सुरिलो सुरिलो भाका
"कोइली ''भनि तिमीलाई बोलाउँदा के होला ?
झुक्किएँ म त तिम्रो त्यो नौलो नृत्य देखेर
धरामा खसेकी इन्द्रलोककी उर्वशी नै हौकि भनेर
समर्पण
स्मृती थापा

No comments:
Post a Comment