म काँटी हुँ सलाईको जल्न सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु
हाँसो नदेऊ मलाई हाँस्न जानेकी छैन मैले
खुशी नदेऊ अंजुली भरि समेट्न जानेकी छैन मैले
पिडा देऊ जीवन भरि पिडा मै बाँच्न जानेकी छु मैले
काँडा देऊ बाटो भरि काँडा मै हिड्न जानेकी छु मैले
म पानी हुँ घटाको पोखिन सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु
निंद भरि सपना नदेऊ रम्न भुलिसके मैले
मीठो मिलनको आभास नदेऊ पलपल तड्पिएर जीउन जानेकी छु मैले
आँशुको सागर देऊ जीवन भरि पौडिन जानेकी छु मैले
काँडा देऊ जीवन भरि काँडा मै हिड्न जानेकी छु मैले
म वृद्ध वट वृक्ष हुँ चौतारीको ढल्न सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु

No comments:
Post a Comment