Monday, April 10, 2017

सिन्दूरले रंगिने सिउँदो



सिन्दूरले रंगिने सिउँदो बदनामले रंग्याई दियौ 
खुशी फूल्ने नयन भरी साउनको झरी लेराइदियौ 


म थिएँ तिमी थियौ संसार हाम्रो आफ्नै थियो 
खुशी खुशी चारैतिर बहारै बहार थियो 
कुन सड़को आँधी आयो मेरो वस्ति उडाउने 
मेरो जीवनमा पतझड बनि छाइदियौ 


पोतेले सजिने गला तिरस्कारले सजाई दियौ 
मुस्कान फूल्ने ओठ भरी बेदनाको बाढी लेराइदियौ 

म त तिम्रै हुन चाहान्थें तिमीसंगै रम्दै थिएँ 
किन बिरानो सोच्यौ म त तिम्रै प्रभा थिएँ 
खै कहाँबाट तिम्रो मनमा शंका पस्यो 
मेरो जीवनमा खँडेरी बनी छाइदियौ 

चुराले भरिने नाडी घृणाले भरी दियौ 
खुशी फूल्ने मुहार भरी औँसीको रात लेराइदियौ 

भन सुन्दरी


(दोबाटोमा एक नजर हेरेथें 
एक पटक नजर जुधेथे 
धड्कन बढ्न थाल्यो 
दील जल्न थाल्यो )


क्षण भरमै छायौ मन भरी 

तिमी को हौ भन सुन्दरी 


नजर शराबी अधर गुलावी 

वाल रेशमी चाल मदहोसी 
तिमी को हौ भन सुन्दरी 


गोरी बदनी अनुहार चाँदनी 

घुम्टो इन्द्रेणी गला मोहनी 
तिमी को हौ भन सुन्दरी 

तिमीले यो के गरायौ



रात जगायौ निंद उडायौ 
तनमन चंचल चंचल 
भन तिमीले यो के गरायौ 

जादू हो कि टुनामुना 
या हो पिरतीको नयाँ खेल 
कहिले हुन्छ चंचल चाल 
कहिले हुन्छ मदहोसी ताल 
सारा फूल खिलायौ बहार लेरायौ 
तनमन चंचल चंचल 
भन तिमीले यो के गरायौ 

मौसम देख्छु रंगिचंगी 
या हो मेरो नजरको भूल 
कहिले हुन्छु दङ्ग आफैँ 
कहिले हुन्छु वेहोसी झैँ 
रात जगायौ निंद उडायौ 
तनमन चंचल चंचल 
भन तिमीले यो के गरायौ 

मलाई यदि चाहान्छौ



मलाई यदि चाहान्छौ भने मेरा खुशीहरुमा हाँस्ने गर 
यौवनको रंगमा भुल्न चाहान्छौ भने कहिले काहीं चुम्ने गर 

कल्पनाको सागर बीच तैरिरहेछन तिम्रा यादहरु 
यो मायाको वरदान हो भनि सम्झिदेउ केहि क्षणबरु 
मलाई सधैँ  हेर्छौ भने कागजमा तस्विर कोर्ने गर 
प्रेमको रसमा भुल्न चाहान्छौ भने कहिले काहीं चुम्ने गर 

विश्वास गर म तिमीलाई जीवनमा साथ दिन्छु 
चाह गर म तिमीलाई जीवनमा माया गर्छु 
मलाई यदि सांचै रोज्छौ भने मेरो सामु मुस्काउने गर 
वैंशको भेलमा बग्न चाहान्छौ भने कहिले काहीं चुम्ने गर 

सम्हाली देऊ

मेरो यो रोमान्टिक कविता मेरो प्यारो छोरा यादव गौतमलाई समर्पण 




सम्हाली देऊ मेरो यौवन 
मदहोश छु सम्हाली देऊ


सयपत्री झैँ बिना वसन्त मै फुलेछु 

बहार बिना नै झुलेछु 
सम्हाली देऊ मेरो यौवन 
मदहोश छु सम्हाली देऊ


दुई दिन खेल्दा खेल्दै वचपन बितिसकेछ 

वैंशको मात चढीसकेछ 
सम्हाली देऊ मेरो यौवन 
मदहोश छु सम्हाली देऊ

वसन्तको फूल





वसन्तको फूल तिमी फुलिदिन्छौ बागमा 
एकान्तको साथी तिमी समाउँछौ हातमा 

बाग भित्र नानारंगी अनेक थरी फूल 
हाँस्ने खेल्ने जीन्दगीमा संसारलाई भुल 
सिर्जनाको गीत तिमी गुंजीदिन्छौ कानमा 
तिर्सनाको प्रित तिमी बसिदिन्छौ साथमा

सागर माझ उठिरहन्छन नानाथरी तरंग 
चोखो माया लगाई संसारलाई पारिदेउ दङ्ग 
पुर्णिमाको जून तिमी मुस्काउँछौ रातमा 
एकान्तको साथी तिमी समाउँछौ हातमा

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...