सिन्दूरले रंगिने सिउँदो बदनामले रंग्याई दियौ
खुशी फूल्ने नयन भरी साउनको झरी लेराइदियौ
म थिएँ तिमी थियौ संसार हाम्रो आफ्नै थियो
खुशी खुशी चारैतिर बहारै बहार थियो
कुन सड़को आँधी आयो मेरो वस्ति उडाउने
मेरो जीवनमा पतझड बनि छाइदियौ
पोतेले सजिने गला तिरस्कारले सजाई दियौ
मुस्कान फूल्ने ओठ भरी बेदनाको बाढी लेराइदियौ
म त तिम्रै हुन चाहान्थें तिमीसंगै रम्दै थिएँ
किन बिरानो सोच्यौ म त तिम्रै प्रभा थिएँ
खै कहाँबाट तिम्रो मनमा शंका पस्यो
मेरो जीवनमा खँडेरी बनी छाइदियौ
चुराले भरिने नाडी घृणाले भरी दियौ
खुशी फूल्ने मुहार भरी औँसीको रात लेराइदियौ

No comments:
Post a Comment