Friday, August 18, 2017

मेरो घर



मेरो घर

माकुराको जालोले भरिएको
धमिराले भित्र भित्रै खोक्रिएको
चौबाटोको पाटी जस्तै
ठिंग उभिएको छ मेरो घर

भित्ता नपोतिएको वर्षौं भयो
आँगन नबढारिएको दशकौं भयो
परिवारका सदस्य बीच बोलचाल छैन
एक अर्काको अनुहार देख्दा पारो चढ्छ
मासुको चोक्टामा कुकूरको लुछाचूंडी जस्तै
जुध्ने गर्छन्
रगत पच्छे नभइन्जेलसम्म

पल्ला घरे दिदीको सिऊँदो पुछिंदा
डांडा घरे डल्लीको सतित्व लुटिंदा
भुन्ट् र च्यान्टीको अभिभावकत्व गुम्दा
वीरे र हर्केको छातिमा गोली लाग्दा
कसैको आँखाबाट आसु झरेन
उफ सम्म कसैले गरेन
सान्त्वनाका दुई शब्द सुनिएन
हाम्रो निरिहतामा खित्का छोड्छ मेरो घर
हाम्रो लाचारीलाई धिक्कार्छ मेरो घर


No comments:

Post a Comment

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...