Saturday, August 5, 2017

शिवलाई किन श्रावण महिना प्रिय छ ?

शिवलाई किन श्रावण महिना प्रिय छ ?



भगवान शङ्करको प्रिय दिन महा शिवरात्री ,त्यसपछि श्रावण महिनाको सोमवार ,प्रत्येक महिनाको शिवरात्री अनि हरेक महिनाको सोमवार हुन्। श्रावण महिना भक्तिको अविरल धारा हो। हरहर महादेव , बोलबम ,बमबम भोले जस्ता भक्ति सूचक वचनले वातावरण प्रतिध्वनित हुन्छ। जसले कष्ट निवारण गरेर मनोवाञ्छित फल प्रदान गर्दछ। 

शिवलाई श्रावण महिना अधिक प्रिय छ किनकि यस समयमा वातावरणमा जलको अधिकता हुन्छ। चन्द्रमा जलतत्वको अधिपति ग्रह पनि हो। जो भगवानको मस्तकमा शोभित छ। ओम् नम शिवाय महा मृत्युंजय मन्त्र श्रावण महिनामा गर्नाले भय - रोग- कष्ट - दरिद्रताबाट टाढा रहि दीर्घायूको प्राप्ती हुन्छ / 
श्रावण महिनामा धेरै पवित्र धर्मकर्मका तिथिहरु छन् :
मंगला गैरी
नाग पंचमी
कामदेव पूजा
संकट चतुर्दशी
पुत्रदा एकादशी
दुर्वा अष्टमी
ऒँसी
पूर्णिमा ( रक्षा वन्धन )
स्वाध्याय दिवस
हरियाली पर्व 
आदि

एकपटक सनत् कुमारले भगवान शिवलाई उनको प्रिय महिना कुन हो भनेर सोध्नु भयो / भगवानले १२ महिनामा आफुलाई श्रवण नक्षत्रको योग भएको श्रावण महिना अत्यन्त प्रिय रहेको कुरा बताउनु भयो / श्रवण नक्षत्रको योग हुने भएकाले नै यस महिनाको नाम श्रावण रहन गएको हो / यस महिनाका हरेक तिथिमा भिन्ना भिन्नै देवदेवीको पूजा हुन्छ / मौषम नै श्रवणीय हुन्छ / जस्तै : मेघ , वर्षा , विजुली / यसै महिनाको श्रवणबाट दक्षप्रजापतिको यज्ञमा देह त्याग गरेकी सतिले पार्वतीको रुपमा पुन: जन्मिएर शिवलाई पतिको रुपमा पाएकी थिइन / यस कारण शिवलाई यो मास अति प्रिय छ /

शिव कल्याणका देवता हुन् / यो मास शिवत्वको मास पनि हो / शिवत्वको अर्थ आफुले कष्ट सहेर अरुलाई सुख दिनु हो / यसै मासमा समुन्द्र मन्थन भएको विश्वास गरिन्छ / कालकूट विष पान गरेर शिवले संसारलाई प्रलय हुनबाट जोगाउनु भएको थियो / अत: यो महिना हर तरहबाट कल्याणकारी मानिन्छ / 

श्रावणको सोमवारमा शिव पूजा पवित्र मानिन्छ / सोमको अर्थ चन्द्रमा हो जो शिवको मस्तकमा सुशोभित छ / चन्द्र ग्रह सौम्य, उदार र शितलताको प्रतिक हो /

श्रावण महिना दानको महिना पनि हो किनकि सूर्यले पृथ्वीबाट थोरै रस लिएर अविरल वर्षा गराउँछ / अत: यो मासको थोरै दानबाट पनि धेरै पुण्य मिल्दछ /




No comments:

Post a Comment

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...