Wednesday, August 16, 2017

थाहा छैन



थाहा छैन तिम्रो मनमा के बसेको छ
मेरो मुटु भरिभरि तिम्रै माया बसेको छ

जब देखें तिमीलाई जीन्दगीको आधि बाटोमा
सहयात्री बनाउने इच्छा जाग्यो मेरो मनमा
विचार तिम्रो कस्तो छ है मनमा
इशारा नै काफी छैन मुखले बोलन

थाहा छैन तिम्रो ओठमा के बसेको छ
मेरो अधर भरिभरि तिम्रै गीत बसेको छ

डर लाग्छ मौनता मै बाटो कट्ने हो कि
अलि पर दोबाटो मै साथ छुट्ने हो कि
जुद्धा आँखा मसंग उसै लजायौ
भनि देउ यसको अर्थ के लगाऊँ

थाहा छैन तिम्रा आँखामा के बसेको छ
मेरा नयन भरिभरि तिम्रै तस्विर बसेकोछ

मेरो जस्तै माया भए अधर खोल्नु पर्ला
भोली फेरी एकान्तमा एक्लै रुनु पर्ला
हेरी मलाई लुकीचोरी मुस्कान खिलायौ
तिम्रो यस्तो इशारालाई के भनौ म

थाहा छैन तिम्रो हांसोमा के बसेको छ
मेरो मुस्कान भरिभरि तिम्रै खुशी लुकेको छ


No comments:

Post a Comment

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...