अन्याय र अत्याचारको विरोधमा
दमन र शोषणको विरोधमा
आवाज उठाउं
यहाँ हजारौँ नारी अन्यायको जाँतोमा पिसिईरहेछन
अत्याचार सहँदा सहँदा पुऱीइरहेछन
तिमि पनि त त्यही नारी हौ
आउ हातमा हात मिलाऊँ
स्वरमा स्वर मिलाऊँ
नारी स्वतन्त्रता र अधिकार प्राप्तिको निमित्त आवाज उठाउं
अन्यायीले अन्याय गर्छ - त्यो पाप हो
तर मुक भै अन्याय हेर्नु सहनु महापाप हो
दमन गर्नेले दमन गर्छ
त्यो बस अत्याचार हो
आँखा चिम्लिएर सहनी त्यो घोरपापी हो
त्यसैले ,
काँधमा काँध मिलाऊँ
मेची काली एक जुट बनौं
नारी मुक्तिको निम्ति आवाज उठाउं
नारी स्वतन्त्रता र समानता कोरा कागजमा लिखित छन्
मंचको भाषण र मुखमा सिमित छन्
गराइ र व्यवहारमा कहिल्यै नवीनता आउंदैन
अत्याचार गर्निले गरिरहेछ थिचिनी थिचिइ रहेछन
आज पनि उही पाषाण युगको नीति र सभ्यता छ
उही सत्य द्वापर युगको कानून छ
कसैले बुझ्दैन यो कलि युगको एक्काइसौं शताब्दी हो
त्यसैले त नारी पर्खालको घेरा भित्र बन्दी छे
तिमीले त्यो पर्खाल भत्काउनु छ
अत
हातमा हात मिलाऊँ काँधमा काँध मिलाऊँ
स्वरमा स्वर मिलाऊँ
आफ्नो हक सुरक्षा र आत्म सम्मानको निम्ति आवाज उठाउं
एउटा घरको चार दिवार भित्र मात्रै उसको संसार सिमित छ
बस् त्यहि भित्तामा उसका सपना विपनाका चित्र कुँदिएका छन्
तर ति सपनाले फुल्न पाउदैनन
विपनाले हास्न पाउदैनन
किनकि पर्खालको चारघेरा भित्र उ कैद गरिएकिछे
मानौ उसले अनगिन्ति जुल्म - गुनाह गरेकिछे
त्यसैले त जन्म कैदको सजायँ भोग्दै छे
आफु जननी भएर आफ्नै सन्तानबाट
त्यसैले ,
उठौँ जागौं साथी हो मेची -काली एक बनौँ
दुराचारीको बलियो बन्धन चुडाली
स्वतन्त्र बन्न आवाज उठाउं
आवाज उठाउं।

No comments:
Post a Comment