सम्हाल तिम्रो जवानीको …….
सम्हाल तिम्रो जवानीको प्यालालाई जताततै पोखिन सक्छ
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ दिउसै डाका लाग्न सक्छ
कालिगढ़ले सम्पूर्ण कलाकारिता तिमीमै पोखिदिए जस्तो
तिम्रो सौन्दर्यको सामु जूनतारा पनि झुकिदिए जस्तो
शिवजीको तेस्रो नेत्र तिमीलाई हेर्न खुलेको होकी
सम्पूर्ण ब्रम्हाण्ड तिमीलाई नै केन्द्र मान्दै छकी
लुकाऊ तिम्रा नयन कुसुमलाई असमय मै चुडिन सक्छ
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ हर समय चोर लाग्न सक्छ
इन्द्रधनुष को सातै रङ्गले तिमीलाई रंगाईदिए जस्तो
तिमीलाई सिङ्गार्न वसन्त वहार नै जुटिदिए जस्तो
कोइली पनि "को हो" भनि तिमीलाई सोध्दै छकी
स्वयंभुका आँखाले तिमीलाई नै निहारेको होकी
छिपाउ घुम्टोमा चेहरालाई कसैको आँखा लाग्न सक्छ
जोगाउ अधरका मृदु मुस्कानलाई यहाँ दिन दहाडै डाका लाग्न सक्छ

No comments:
Post a Comment