भिडमा मेरो…
भिडमा मेरो हात समाउनेलाई
सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई
सम्झना र माया उनकै मुटुभरि
भुल्न सकिन मैले उनलाई कसैगरी
अनायासै मेरो मनमा माया जगाउनेलाई
प्यार सदा मेरो आँखामा छाया बनी आउनेलाई
म कहाँ उनकै यादमा
शायद ओझेल परे म उनको आँखामा
पलभर मै मेरो आँखामा सपना ल्याउनेलाई
मंगलकामना छ मेरो दिलको धड्कन वढाउनेलाई
मिलन थियो हाम्रो पलभरको यादगार छण भयो जीवनभरको
तस्वीरभै मेरो दिलमा समाउनेलाई
आशिश लाख मेरो मुटुभरि प्यार बनी छउनेलाई
समर्पण
बिकास दँगाल

No comments:
Post a Comment