बाटो कुर्न छोडिदेऊ / मैले हिड्न छाडिसकें
सपना देख्न छोडिदेऊ / म ओझेल परिसकें
यतिमात्र होइन म पराय भैसकें
बिरानो संघारमा उभीइसकें
यो नसम्झ मैले धोका दिएँ
बाटो मोडेर बिरानो भएँ
छामिहेर छाती ढुकढुकिमा मलाई पाउनेछौ
फर्किहेर पछि उज्यालोमा छायाँ मलाई पाउनेछौ
विश्वास गर्न छोडिदेऊ / मैले विश्वास घात गरिसकें
नजिक देख्न छोडिदेऊ / म टाढा भइसकें
यतिमात्र होइन म अर्कैकी भैसकें
परायको आँगनमा पुगीसकें
यो नसम्झ निष्ठुरीले माया मारी
तिम्रो जीन्दगी जलाएर पराय भई
खोजिहेर मेरो नजरमा तिम्रो तस्विर भेट्नेछौ
कसम मायाको मेरो जिन्दगी नै तिम्रो छाया पाउनेछौ
बाटो निहाल्न छोडिदेऊ / मैले घुम्ती पार गरिसकें
अतीत संगाल्न छोडिदेऊ / म आँखामा ओझेल परिसकें
यतिमात्र होइन म तिम्रो नजरबाट हराइसकें
टाढाको संसारमा रमाइसकें

No comments:
Post a Comment