Thursday, March 30, 2017

म रुँदा आँशु पुछेनौ तिमीले



म रुँदा आँशु पुछेनौ तिमीले 
हाँस्दा साथ् दिनुको अर्थ के 


म लड्दा हात थामेनौ तिमीले 

संगै जीउने कसम खानुको अर्थ के


मेरो मनलाई छामेनौ तिमीले

रुपको प्रशंसा गर्नुको अर्थ के


म हिड्दा खुट्टा तानेउ तिमीले 

सिंढी चढे'छि फूल दिनुको अर्थ के 


हर कठिनाइमा एक्लै छोडेउ तिमीले 

सफलतामा तालि पिट्नुको अर्थ के


बीच सागरमा हात छोडेउ तिमीले 

मरेपछि गंगाजलको अर्थ के


अन्धकारमा एक्लै छोडेउ तिमीले 

उज्यालोमा साथ दिनुको अर्थ के


मेरो निरीहतामा खित्का छोडेउ तिमीले 

डुबिसके'छि चुकचुकाउनुको अर्थ के


Sunday, March 26, 2017

मेरो चोखो मन







मेरो चोखो मन चोरी किन लियौ 
मुस्कान खोसी अधरको किन यो जलन दियौ 

देउता भनेर मैले पाती चढाएं 
विश्वास गरेर दिल नै भेटी चढाएं
मन दिएँ मैले विश्वास गरेँ 
कि यहि नै मैले भूल गरेँ
किन यसरी तिमीले बदला लियौ 
अधरको मुस्कान खोसी किन यो जलन दियौ 

लाग्थ्यो हिजो त तिमी आफ्नै थियौ 
मेरो आफ्नै कायाको छाया थियौ 
आफ्नो सोचेँ अनि विश्वास गरेँ 
कि यहि नै मैले भूल गरेँ
किन यसरी तिमी पराय भयौ 
दिल जलाई मुटु चुड़ाई आज किन टाढा भयौ 

Friday, March 24, 2017

तिमीले मलाई चाँद






तिमीले मलाई चाँद भने म तिमीलाई चकोर भनि दिन्छु 
एई , प्रिय तिमी शाह जाँ भए म तिम्री मुमताज बनि दिन्छु 


मेरा अधरलाई हाँस्न सिकायौ मायाले मलाई जीउन सिकायौ
बीच बाटोमा अलमलिएकि थिएँ हात समातेर हिंडन सिकायौ
ऋणी छु म तिम्रो मायाकी मृत्यु पर्यन्त ऋणी रहने छु 
हरेक मोडमा तिमी जित्दै जाउ म ताजमहलको अट्टालिकाबाट हेरिरहनेछु 


तिमीले मलाई फूल भने म तिमीलाई भंवरा भनि दिन्छु 
एई , प्रियतम तिमी मज्नु भए म तिम्री लैला बनि दिन्छु 


मेरो मायाको खातिर तिमीले अजश्रधारा नीर बगायौ
मलाई पाउने अभिलाषामा तिमीले आफुलाई नै गुमायौ
ऋणी छु म तिम्रो मायाकी जन्म जन्म ऋणी रहने छु 
तिमी यसरी नै  माया देउ मलाई म तरवारको धारबाट हिडीरहनेछु 


तिमीले मलाई सरीता भने म तिमीलाई किनारा भनि दिन्छु 
एई , प्यारा तिमी मदन भए म तिम्री मुना बनि दिन्छु 


मेरो रूपलाई सिङ्गार्न सारा जवानी विदेशमा बितायौ
मलाई महलकी रानी बनाउन  कताकता बतासियौ
ऋणी छु म तिम्रो तपस्याकी जीवनभर ऋणी रहनेछु 
तिमी फर्की आउ प्रिय म अध्यारो झुपडीमा  कुरीरहनेछु 


तिमीले मलाई गजल भने म तिमीलाई सरगम भनि दिन्छु 
एई , प्रिय तिमी रोमियो भए म तिम्री जुलियट बनि दिन्छु 


मसम्म आइपुग्न तिमीले निकै लामो यात्रा तय गर्यौ
तैपनि तिमी रित्तै रित्तै फर्कीयौ
ऋणी छु म तिम्रो मायाकी जीवनपर्यन्त ऋणी रहनेछु 
तिमी जुनेली रातमा हेर्दै जाउ म टेम्स नदीको किनारमा  कुरीरहनेछु 
तिमी यसरी नै माया गर्दै जाउ म बारबार जन्म लिईरहनेछु 


Wednesday, March 22, 2017

बल्ल बल्ल पारें





यो कविता मेरो छोरो शुभाङ्ग नन्दन तिमिल्सिनालाई समर्पण किनकि उसलाई यो अति नै मन पर्छ। कारण यो कवितामा उसको मामा घर उल्लेख भ' को छ। He loves the place Panchkhal N Tamaghat.




बल्ल बल्ल पारें उनलाई माया जालमा 
तामाघाटको अलिपर पाँचखालमा 

जलढुंगेको पानी खाई पुलमा बस्दथें 
कहिले स्कुल आउँछिन भनि बाटो कुर्दथें 
इशाराले बोलाउँदा हेर्दै नहेर्ने 
अलमल पर्थें खालि  अनि के गर्नें 


शाहस गरि एक  मैले चिट्ठि पठा' को 
पाँचखालको नर्सरीमा भेट्न बोलाको 
आइ लभ यु भन्दा मैले उनी लजाइन 
कसैले सुन्ला भनि अलि डराइन 

भगवतीलाई साक्षि राखि सिउँदो सजाएँ 
तामाघाट र पाँचखालको दूरी घटाएं 
बाटो कुर्नु नपर्ने मुहार हेर्नलाई 
लाज डर नलाग्ने कुरा गर्नलाई 

Tuesday, March 21, 2017

फूलै झुल्यो बारी





फूलै झुल्यो बारी भरि शरद उदाएर 
तारा फुल्यो नभ भरि जून मुस्काएर 


थुँगा थुँगा फूल बिच तिमी  नै तिमी छौ 
जून तारा आकाश भरि नजरमा तिमी छौ 
मन भुल्यो डाली डाली तिमी मस्किएर 
फूलै झुल्यो बारी भरि शरद उदाएर 


नजर भरि पाउँदा तिमीलाई ढुकढुकी यो बढ्छ 
टाढा कतै जान्छेउ भन्ने डरको आँधी चल्छ 
खुशी फुल्यो आँखा भरि वैंश छल्किएर 
फूलै झुल्यो बारी भरि शरद उदाएर 



वर्ष १७ अङ्क ४ , २०५५ असार ''विमोचन ''



Sunday, March 19, 2017

न आउ नजिक

न आउ नजिक तिम्रो रुपको मात लाग्लानी 
भोलि फेरी मेरो नामको बात लाग्लानी                                                                     



सुन्दरताको सामु विश्वामित्रको  तप भंग भएथ्यो 
किराँतीनिका सामु शिवजीको शिर झुकेथ्यो                                                  
म त एउटा साधारण मान्छे  कहीं कतै भुल होलानी                                     
भोलि फेरी मेरो नामको बात लाग्लानी 


म अर्जुन होइन उर्वशीलाई आमा भनि बोलाउने 
भोले नाथ  कहाँ हुँ र नशामा डुबेर पनि होश नगुमाउने 
तिम्रो मादकताले आफैँ लाई भुल्ने भुल होलानी   
भोलि फेरी मेरो नामको बात लाग्लानी 



पाऊ चिप्लिएर नयन तालमा डुब्न सक्छु 
तिम्रो समिपताले संसारलाई भुल्न सक्छु 
यस्तै एउटा सानो  भुलले  जीवन डुब्लानी   
भोलि फेरी मेरो नामको बात लाग्लानी 

नजरमा बस्यौ

नजरमा बस्यौ तिमी  थाहै नदिई 
कुन्नी कुन बेला गयौ होशै उडाई                                                                     







यो मुटुमा माया तिम्रो साँची राखेकिछु 
आउ प्रिय चाँडो फर्की पर्खि बसेकिछु 
 गीत बनि बस्यौ ओठमा थाहै नदिई 
कुन्नी कुन बेला गयौ होशै उडाई                                    




      देउ देउता भाकी भाकी माया लाएको 
विर्शेउकि संगै जीउने  कसम खाएको  
      तस्विर बनि छायौ मनमा थाहै नदिई                                                                                           
कुन्नी कुन बेला गयौ होशै उडाई                                             



Saturday, March 18, 2017

मैले सुख होइन

मैले सुख होइन सन्तोष खोजकीथें 
                             दौलतको चाबी कहाँ हो र ?                                      

वस् एक    चिम्टी सिन्दूर मागेकीथें             
                                                                                    
                                                                                                                                                    

तिम्रै हातले  रंगाउन चाहेथें सिउँदोलाई
तिम्रै पलकमा भुलाउन खोजेंथें मनलाई
कहाँ हुनु र चाहे जस्तो
कहाँ पाउनु मैले खोजे जस्तो
तिमीले त उल्टो अर्थ लगायौ
मेरो मायालाई नै कलंकित बनायौ 


             

  मैले आँशु  होइन हाँसो रोजेकीथें 

हिराको हार कहाँ हो र ?
वस् एक डोरो पोते मागेकीथें 






तिम्रै नाम दिन आँटेथें गलाको पोतेलाई

तिम्रै सहारामा डोर्याउन खोजेंथें जीवनलाई
कहाँ हुनु र आँटे जस्तो
कहाँ पाउनु मैले खोजे जस्तो
तिमीले त अर्कै बाटो लियौ
मेरो जीन्दगीलाई नै कलंकित बनायौ 




मैले घृणा  होइन माया खोजेकीथें 

सुनको गहना कहाँ हो र ?
वस् काँचको  चुरी मागेकीथें    





मैले त देवतै सोचेथें तिमीलाई 

मन मन्दिरमा बसाउन रोजेथें  तिमीलाई 
कहाँ हुनु र सोचे जस्तो
कहाँ पाउनु मैले रोजे जस्तो
तिमी त अर्कै  भएर  निस्कियौ
मेरो जीन्दगीलाई नै बरबाद  बनाइदियौ 




मैले बरबादी होइन विश्वास खोजेकीथें 

सिङ्गमरमरको महल  कहाँ हो र ?
वस् फुसको  झुपडी मागेकीथें 

Thursday, March 16, 2017

बाह्रमासे फूल

                                                 












  





























बाह्रमासे फूल हो कि तिम्रो जवानी 
बाह्रै महिना जताततै फुलिरहनी


गुलाबी छ वदन तिम्रो छोउँ छोउँ लाग्ने 
अधरका ति भरी प्याला पिउँ  पिउँ लाग्ने
ज्योति भरी नयन तिमीलाई कस्ले सापट दियो 
शिरको कालो बादलुले मनै अल्झाइदियो 

मेरो मनले रोज्यो तिमीलाई केही नभनी 
बाह्रमासे फूल हो कि तिम्रो जवानी 

चंचल तिम्रा पाउचाल हेरिरहुँ लाग्ने
मुस्काउँदाको हिस्सी तिम्रो चोरुं चोरुं लाग्ने
खुश्बु भरी वदन तिमीलाई कस्ले पैंचो दियो 
तिम्रो सासको मादकताले वेहोश पारीदियो 

मेरो मनमा बस्यौ तिमी केहि नभनी 
बाह्रमासे फूल हो कि तिम्रो जवानी                                                                                                

Sunday, March 12, 2017

वास्तु दोष निवारण



वास्तु दोष निवारण 


हामी चाहँदा चाहँदै पनि वास्तुशास्त्रका नियमहरुको पालना गरेर घर निर्माण गर्न समर्थ हुँदैनौ। सीमित स्रोत र साधनमा हामीले आफ्ना असीमित आवश्यकता पुरा गर्नु पर्ने हुन्छ। घर तयार भयो , वास्तु मिलेन। वास्तु दोष देखियो। घर फोरेर फेरी बनाउन सम्भव होला त ? यस्तो अवश्थामा के गर्ने त ?वर्षौंको कमाई तथा मिहेनतबाट तयार गरेको वा किनेको घर बिना तोडफोड कसरि वास्तु मिलाउने वा वास्तु दोष निवारण गर्ने ? यिनै उपायहरु तल उल्लेख गर्दछु। 

१ ) दिशा स्थिति 


वस्तुहरुलाई सही दिशामा स्थापित गरेर वस्तु दोष हटाउन सकिन्छ। जस्तो भान्सा गलत दिशामा छ , चुल्हो वा स्टोभलाई आग्नेय कोणमा राख्ने। शयन कक्ष गलत दिशामा भए कोठाको दक्षिण - उत्तरमा ओछ्यान लगाउने। बोरिङ्ग वा पानी अग्नि कोण (गलत ) मा छ भने इलेक्ट्रिक मेसिन लगाएर पानीको पहिलो निकास इशान कोण वा पूर्व दिशामा स्थापित गर्ने जसबाट जलदोष निवारण हुन्छ। 


२ ) दर्पण 


दर्पणले प्रकाशलाई परावर्तन गरेर सकारात्मक शक्तिको विकास गर्दछ। वास्तु दोषलाई न्यून गर्न यसले महत्वपूर्ण भूमिका खेल्दछ। घर राजमार्गको सामुन्य छ भने झ्याल बाहिर यसलाई राख्न सकिन्छ। यसले घरको शोभा मात्रै बढाउने होइनकि श्री वृद्धिमा पनि सहयोग गर्दछ। घर भवनमा राखिएको ऎना पूरा शरीर देखिने हुनुपर्छ। ज्यादा सानो तथा ज्यादा ठूलो ऎना फलदायी हुदैन। The bigger the mirror the better . 


३ ) तेज प्रकाशवाला बल्व 

Bright  the lamp better the fate . तेज प्रकाशले सूर्यको  प्रतिनिधित्व गर्छ। पर्यावरणिय दृस्टीले पनि यसको महत्व रहन्छ। साथै एल आकारको कोठालाई वर्गाकार बनाइ लक्ष्मीलाई घरमा स्थिर गराउदछ। प्रकाशलाई शौभाग्य , सुख एवं प्रसन्नताको प्रतिक पनि मानिन्छ। इशान कोणमा स्थाई रुपमा वत्ति वा प्रकाश लगाउनाले प्रतिपल घरमा दैवीशक्तिको जागरण हुन्छ। 


४ ) मधुर स्वरलहरी वा  घण्टी 

भवन तथा घरमा मीठो आवाजमा बज्ने घन्टी एवं मधुर स्वरले घरमा सकारात्मक वायू प्रभावलाई उत्पन्न गराउदछ। घरमा यस्तो आवाज सुखदायी वा शुभ मानिन्छ। यो वास्तु दोष मेटाउनको  लागि उपयोग गर्न सकिन्छ। 

५ ) वृक्ष  तथा पुष्प  गुच्छा 

वृक्ष ,विरुवा तथा पुष्प गुच्छा जीवन्त शक्तिले भरपुर हुन्छ। साथै प्राकृतिक सौन्दर्यले युक्त हुन्छ। त्यस्तै प्राण वायू अक्सिजनको पनि पूर्ति गर्छ। त्यति मात्रै होइन , यसले  वास्तु दोष निवारणमा सहयोग गर्दछ। सुगन्धित एवं आकर्षक फूल युक्त वनस्पति प्रवेश द्वार तथा आन्तरिक साजसज्जामा  प्रयोग गर्न सकिन्छ। यसो गर्नाले गृहस्वामीको उन्नति हुन्छ , लक्ष्मी स्थिर हुन्छिन्। हामीले नक्कली वा प्लास्टिकका वृक्ष ,विरुवा तथा पुष्प गुच्छा पनि प्रयोग गर्न सक्छौं। 

६ ) क्रिष्टल  बल 

क्रिष्टल बल सकरात्मक शक्तिको प्रतीक हो। यसले आन्तरिक र बाह्य दुवै प्रकारको वास्तु दोषलाई मेटाउन मद्दत गर्दछ। क्रिष्टल बलले सूर्यको किरणलाई परावर्तन गरेर इन्द्रधनुष सृजना गर्दछ। जुन गृहपतिको भाग्य चम्काउन अत्यन्तै उपयोगी हुन्छ। यसले सुर्यका किरणलाई आध्यात्मिक शक्तिमा रुपन्तरण गरेर वास्तु दोषलाई समन गर्दछ। 

७ ) माछा घर 

माछा घरले घरमा हुने जल तत्वको कमीलाई पूर्ति गर्दछ। साथै घरमा जीवन शक्ति प्रदान गर्दछ। घरको वातावरणमा सजीवता प्रदान गर्दछ।  माछा मरेको खण्डमा तुरुन्त फेर्नु पर्छ। यसले लक्ष्मीलाई आव्हान गर्नुका साथै शुभ फल दिन्छ। 

८) जलाशय एवं फोहरा 

घरमा जलाशय र फ़ॊहरा  सम्भव हुदैन।  अत माछा घर राखिन्छ। ठुला ठुला महल भवनहरुमा जल तत्वको कमीलाई पूर्ति गर्न तथा धन संग्रहको लागि जलाशय तथा फोहरा लगाउनु शुभ मानिन्छ। 

९) वायू पंखा तथा दिशा सूचक यन्त्र 

ठूला ठूला भवन तथा राजमार्गले साना घरलाई पार्ने  दुष्प्रभाव कम गर्न  साना घरमा हावाबाट चल्ने पंखा वा दिशा सूचक यन्त्र  लगाउन सकिन्छ।  यसो गर्नाले साना घरको उन्नतिमा कुनै  बाधा आउदैन। शुभ फल प्राप्त हुन्छ। 

१० ) ठुलो पत्थर वा मूर्ति 

घरमा अस्थिरता चंचलता आएर हैरान भएको छ भने घरको निश्चित दिशा या कोणलाई बोझिलो या भारी  बनाएर घरमा  स्थिरता ल्याउन सकिन्छ। यसको लागि ठुलो पत्थर या ठुलो मुर्तिको सहायता लिन सकिन्छ। यसो गरेर घरमा स्थिरता ल्याउन सकिन्छ। 

११ ) इलेक्ट्रिकल संयन्त्र 

ठूला  इलेक्ट्रिकल साधनहरुलाई उपयुक्त दिशामा स्थापित गर्नाले पनि घरमा भएको वास्तु दोषलाई हटाउन सकिन्छ। पानी तान्ने मेसिन , कपडा धुने मेसिन, फ्रिज तथा टेलिभिजन जस्ता इलेक्ट्रिकल साधनहरुलाई सहि दिशामा वास्तु मिलाएर राख्नाले घरमा वहने उर्जालाई बराबर बनाइरहन मद्दत गर्दछ।  विखण्डित हुन पाउदैन। 


१२ ) बाँस तथा बाँसुरी 

हिन्दु समाजमा बाँसले आफ़्नै धार्मिक महत्व बोकेको छ। अत यसलाई वास्तु दोष मेटाउने साधनको रुपमा प्रयोग गर्न सकिन्छ। बाँसुरीको फेरी आफ्नै महत्व छ। भगवान कृष्णको अति प्रिय बाजा हो। बाँसुरीलाई शान्ति , शुभ समाचार , स्थायित्व र स्थिरताको प्रतिक मानिन्छ। कपडाले बेरेर बजाउने भाग तलतिर पारेर बिम्बमा त्रिकोण पारि झुण्ड्याएर  राख्नाले वास्तु दोषबाट मुक्ति मिल्छ। घरमा यसले मंगलकारी भूमिका खेल्दछ। 

वास्तु शास्त्र अनुसार घर भवन तथा महल भएन भनेर मनमा कुनै कसर छ भने  उपायहरुको प्रयोग गरेर प्राकृतिक तथा आद्यात्मिक शक्तिलाई एककृत गरी  भाग्यलाई चम्काउनुहोस। 











  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...