तिमीले मलाई चाँद भने म तिमीलाई चकोर भनि दिन्छु
एई , प्रिय तिमी शाह जाँ भए म तिम्री मुमताज बनि दिन्छु
मेरा अधरलाई हाँस्न सिकायौ मायाले मलाई जीउन सिकायौ
बीच बाटोमा अलमलिएकि थिएँ हात समातेर हिंडन सिकायौ
ऋणी छु म तिम्रो मायाकी मृत्यु पर्यन्त ऋणी रहने छु
हरेक मोडमा तिमी जित्दै जाउ म ताजमहलको अट्टालिकाबाट हेरिरहनेछु
तिमीले मलाई फूल भने म तिमीलाई भंवरा भनि दिन्छु
एई , प्रियतम तिमी मज्नु भए म तिम्री लैला बनि दिन्छु
मेरो मायाको खातिर तिमीले अजश्रधारा नीर बगायौ
मलाई पाउने अभिलाषामा तिमीले आफुलाई नै गुमायौ
ऋणी छु म तिम्रो मायाकी जन्म जन्म ऋणी रहने छु
तिमी यसरी नै माया देउ मलाई म तरवारको धारबाट हिडीरहनेछु
तिमीले मलाई सरीता भने म तिमीलाई किनारा भनि दिन्छु
एई , प्यारा तिमी मदन भए म तिम्री मुना बनि दिन्छु
मेरो रूपलाई सिङ्गार्न सारा जवानी विदेशमा बितायौ
मलाई महलकी रानी बनाउन कताकता बतासियौ
ऋणी छु म तिम्रो तपस्याकी जीवनभर ऋणी रहनेछु
तिमी फर्की आउ प्रिय म अध्यारो झुपडीमा कुरीरहनेछु
तिमीले मलाई गजल भने म तिमीलाई सरगम भनि दिन्छु
एई , प्रिय तिमी रोमियो भए म तिम्री जुलियट बनि दिन्छु
मसम्म आइपुग्न तिमीले निकै लामो यात्रा तय गर्यौ
तैपनि तिमी रित्तै रित्तै फर्कीयौ
ऋणी छु म तिम्रो मायाकी जीवनपर्यन्त ऋणी रहनेछु
तिमी जुनेली रातमा हेर्दै जाउ म टेम्स नदीको किनारमा कुरीरहनेछु
तिमी यसरी नै माया गर्दै जाउ म बारबार जन्म लिईरहनेछु

No comments:
Post a Comment