मैले सुख होइन सन्तोष खोजकीथें
दौलतको चाबी कहाँ हो र ?
वस् एक चिम्टी सिन्दूर मागेकीथें
तिम्रै हातले रंगाउन चाहेथें सिउँदोलाई
तिम्रै पलकमा भुलाउन खोजेंथें मनलाई
कहाँ हुनु र चाहे जस्तो
कहाँ पाउनु मैले खोजे जस्तो
तिमीले त उल्टो अर्थ लगायौ
मेरो मायालाई नै कलंकित बनायौ
मैले आँशु होइन हाँसो रोजेकीथें
वस् एक डोरो पोते मागेकीथें
तिम्रै नाम दिन आँटेथें गलाको पोतेलाई

तिम्रै सहारामा डोर्याउन खोजेंथें जीवनलाई
कहाँ हुनु र आँटे जस्तो
कहाँ पाउनु मैले खोजे जस्तो
तिमीले त अर्कै बाटो लियौ
मेरो जीन्दगीलाई नै कलंकित बनायौ

मैले घृणा होइन माया खोजेकीथें
वस् काँचको चुरी मागेकीथें
मैले त देवतै सोचेथें तिमीलाई
मन मन्दिरमा बसाउन रोजेथें तिमीलाई
कहाँ हुनु र सोचे जस्तो
कहाँ पाउनु मैले रोजे जस्तो
तिमी त अर्कै भएर निस्कियौ
मेरो जीन्दगीलाई नै बरबाद बनाइदियौ
मैले बरबादी होइन विश्वास खोजेकीथें
सिङ्गमरमरको महल कहाँ हो र ?
वस् फुसको झुपडी मागेकीथें
No comments:
Post a Comment