वास्तु दोष निवारण
हामी चाहँदा चाहँदै पनि वास्तुशास्त्रका नियमहरुको पालना गरेर घर निर्माण गर्न समर्थ हुँदैनौ। सीमित स्रोत र साधनमा हामीले आफ्ना असीमित आवश्यकता पुरा गर्नु पर्ने हुन्छ। घर तयार भयो , वास्तु मिलेन। वास्तु दोष देखियो। घर फोरेर फेरी बनाउन सम्भव होला त ? यस्तो अवश्थामा के गर्ने त ?वर्षौंको कमाई तथा मिहेनतबाट तयार गरेको वा किनेको घर बिना तोडफोड कसरि वास्तु मिलाउने वा वास्तु दोष निवारण गर्ने ? यिनै उपायहरु तल उल्लेख गर्दछु।
१ ) दिशा स्थिति
वस्तुहरुलाई सही दिशामा स्थापित गरेर वस्तु दोष हटाउन सकिन्छ। जस्तो भान्सा गलत दिशामा छ , चुल्हो वा स्टोभलाई आग्नेय कोणमा राख्ने। शयन कक्ष गलत दिशामा भए कोठाको दक्षिण - उत्तरमा ओछ्यान लगाउने। बोरिङ्ग वा पानी अग्नि कोण (गलत ) मा छ भने इलेक्ट्रिक मेसिन लगाएर पानीको पहिलो निकास इशान कोण वा पूर्व दिशामा स्थापित गर्ने जसबाट जलदोष निवारण हुन्छ।
२ ) दर्पण
दर्पणले प्रकाशलाई परावर्तन गरेर सकारात्मक शक्तिको विकास गर्दछ। वास्तु दोषलाई न्यून गर्न यसले महत्वपूर्ण भूमिका खेल्दछ। घर राजमार्गको सामुन्य छ भने झ्याल बाहिर यसलाई राख्न सकिन्छ। यसले घरको शोभा मात्रै बढाउने होइनकि श्री वृद्धिमा पनि सहयोग गर्दछ। घर भवनमा राखिएको ऎना पूरा शरीर देखिने हुनुपर्छ। ज्यादा सानो तथा ज्यादा ठूलो ऎना फलदायी हुदैन। The bigger the mirror the better .
३ ) तेज प्रकाशवाला बल्व
Bright the lamp better the fate . तेज प्रकाशले सूर्यको प्रतिनिधित्व गर्छ। पर्यावरणिय दृस्टीले पनि यसको महत्व रहन्छ। साथै एल आकारको कोठालाई वर्गाकार बनाइ लक्ष्मीलाई घरमा स्थिर गराउदछ। प्रकाशलाई शौभाग्य , सुख एवं प्रसन्नताको प्रतिक पनि मानिन्छ। इशान कोणमा स्थाई रुपमा वत्ति वा प्रकाश लगाउनाले प्रतिपल घरमा दैवीशक्तिको जागरण हुन्छ।
४ ) मधुर स्वरलहरी वा घण्टी
भवन तथा घरमा मीठो आवाजमा बज्ने घन्टी एवं मधुर स्वरले घरमा सकारात्मक वायू प्रभावलाई उत्पन्न गराउदछ। घरमा यस्तो आवाज सुखदायी वा शुभ मानिन्छ। यो वास्तु दोष मेटाउनको लागि उपयोग गर्न सकिन्छ।
५ ) वृक्ष तथा पुष्प गुच्छा
वृक्ष ,विरुवा तथा पुष्प गुच्छा जीवन्त शक्तिले भरपुर हुन्छ। साथै प्राकृतिक सौन्दर्यले युक्त हुन्छ। त्यस्तै प्राण वायू अक्सिजनको पनि पूर्ति गर्छ। त्यति मात्रै होइन , यसले वास्तु दोष निवारणमा सहयोग गर्दछ। सुगन्धित एवं आकर्षक फूल युक्त वनस्पति प्रवेश द्वार तथा आन्तरिक साजसज्जामा प्रयोग गर्न सकिन्छ। यसो गर्नाले गृहस्वामीको उन्नति हुन्छ , लक्ष्मी स्थिर हुन्छिन्। हामीले नक्कली वा प्लास्टिकका वृक्ष ,विरुवा तथा पुष्प गुच्छा पनि प्रयोग गर्न सक्छौं।
६ ) क्रिष्टल बल
क्रिष्टल बल सकरात्मक शक्तिको प्रतीक हो। यसले आन्तरिक र बाह्य दुवै प्रकारको वास्तु दोषलाई मेटाउन मद्दत गर्दछ। क्रिष्टल बलले सूर्यको किरणलाई परावर्तन गरेर इन्द्रधनुष सृजना गर्दछ। जुन गृहपतिको भाग्य चम्काउन अत्यन्तै उपयोगी हुन्छ। यसले सुर्यका किरणलाई आध्यात्मिक शक्तिमा रुपन्तरण गरेर वास्तु दोषलाई समन गर्दछ।
७ ) माछा घर
माछा घरले घरमा हुने जल तत्वको कमीलाई पूर्ति गर्दछ। साथै घरमा जीवन शक्ति प्रदान गर्दछ। घरको वातावरणमा सजीवता प्रदान गर्दछ। माछा मरेको खण्डमा तुरुन्त फेर्नु पर्छ। यसले लक्ष्मीलाई आव्हान गर्नुका साथै शुभ फल दिन्छ।
८) जलाशय एवं फोहरा
घरमा जलाशय र फ़ॊहरा सम्भव हुदैन। अत माछा घर राखिन्छ। ठुला ठुला महल भवनहरुमा जल तत्वको कमीलाई पूर्ति गर्न तथा धन संग्रहको लागि जलाशय तथा फोहरा लगाउनु शुभ मानिन्छ।
९) वायू पंखा तथा दिशा सूचक यन्त्र
ठूला ठूला भवन तथा राजमार्गले साना घरलाई पार्ने दुष्प्रभाव कम गर्न साना घरमा हावाबाट चल्ने पंखा वा दिशा सूचक यन्त्र लगाउन सकिन्छ। यसो गर्नाले साना घरको उन्नतिमा कुनै बाधा आउदैन। शुभ फल प्राप्त हुन्छ।
१० ) ठुलो पत्थर वा मूर्ति
घरमा अस्थिरता चंचलता आएर हैरान भएको छ भने घरको निश्चित दिशा या कोणलाई बोझिलो या भारी बनाएर घरमा स्थिरता ल्याउन सकिन्छ। यसको लागि ठुलो पत्थर या ठुलो मुर्तिको सहायता लिन सकिन्छ। यसो गरेर घरमा स्थिरता ल्याउन सकिन्छ।
११ ) इलेक्ट्रिकल संयन्त्र
ठूला इलेक्ट्रिकल साधनहरुलाई उपयुक्त दिशामा स्थापित गर्नाले पनि घरमा भएको वास्तु दोषलाई हटाउन सकिन्छ। पानी तान्ने मेसिन , कपडा धुने मेसिन, फ्रिज तथा टेलिभिजन जस्ता इलेक्ट्रिकल साधनहरुलाई सहि दिशामा वास्तु मिलाएर राख्नाले घरमा वहने उर्जालाई बराबर बनाइरहन मद्दत गर्दछ। विखण्डित हुन पाउदैन।
१२ ) बाँस तथा बाँसुरी
हिन्दु समाजमा बाँसले आफ़्नै धार्मिक महत्व बोकेको छ। अत यसलाई वास्तु दोष मेटाउने साधनको रुपमा प्रयोग गर्न सकिन्छ। बाँसुरीको फेरी आफ्नै महत्व छ। भगवान कृष्णको अति प्रिय बाजा हो। बाँसुरीलाई शान्ति , शुभ समाचार , स्थायित्व र स्थिरताको प्रतिक मानिन्छ। कपडाले बेरेर बजाउने भाग तलतिर पारेर बिम्बमा त्रिकोण पारि झुण्ड्याएर राख्नाले वास्तु दोषबाट मुक्ति मिल्छ। घरमा यसले मंगलकारी भूमिका खेल्दछ।
वास्तु शास्त्र अनुसार घर भवन तथा महल भएन भनेर मनमा कुनै कसर छ भने उपायहरुको प्रयोग गरेर प्राकृतिक तथा आद्यात्मिक शक्तिलाई एककृत गरी भाग्यलाई चम्काउनुहोस।

No comments:
Post a Comment