Sunday, March 19, 2017

न आउ नजिक

न आउ नजिक तिम्रो रुपको मात लाग्लानी 
भोलि फेरी मेरो नामको बात लाग्लानी                                                                     



सुन्दरताको सामु विश्वामित्रको  तप भंग भएथ्यो 
किराँतीनिका सामु शिवजीको शिर झुकेथ्यो                                                  
म त एउटा साधारण मान्छे  कहीं कतै भुल होलानी                                     
भोलि फेरी मेरो नामको बात लाग्लानी 


म अर्जुन होइन उर्वशीलाई आमा भनि बोलाउने 
भोले नाथ  कहाँ हुँ र नशामा डुबेर पनि होश नगुमाउने 
तिम्रो मादकताले आफैँ लाई भुल्ने भुल होलानी   
भोलि फेरी मेरो नामको बात लाग्लानी 



पाऊ चिप्लिएर नयन तालमा डुब्न सक्छु 
तिम्रो समिपताले संसारलाई भुल्न सक्छु 
यस्तै एउटा सानो  भुलले  जीवन डुब्लानी   
भोलि फेरी मेरो नामको बात लाग्लानी 

No comments:

Post a Comment

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...