Monday, April 10, 2017
वसन्तको फूल
वसन्तको फूल तिमी फुलिदिन्छौ बागमा
एकान्तको साथी तिमी समाउँछौ हातमा
बाग भित्र नानारंगी अनेक थरी फूल
हाँस्ने खेल्ने जीन्दगीमा संसारलाई भुल
सिर्जनाको गीत तिमी गुंजीदिन्छौ कानमा
तिर्सनाको प्रित तिमी बसिदिन्छौ साथमा
सागर माझ उठिरहन्छन नानाथरी तरंग
चोखो माया लगाई संसारलाई पारिदेउ दङ्ग
पुर्णिमाको जून तिमी मुस्काउँछौ रातमा
एकान्तको साथी तिमी समाउँछौ हातमा
Friday, March 31, 2017
मरिसकें म तिम्रो लागि
मरिसकें म तिम्रो लागि मेरो नामको सिन्दूर पुछ्नु
हरेक गोधूली साँझमा मेरो नामको दियो जलाई दिनु
सपना देखेंथे हजार मैले धर्ति मै स्वर्ग उतार्ने
कामना थियो तिम्रो साथमा प्रेमको सुन्दर वस्ती बसाउने
अनायाशै आँधी आयो मेरो वस्ति उडाउने
मरिसकें म तिम्रो लागि मेरो नामको पोते छिनाउनु
हरेक बिहानी प्रभातमा मेरो नाममा तिलाञ्जलि दिनु
मेरो जिन्दगीबाट बिदा तिमीलाई
भयो तिम्रो साहारा अब चाहिएन मलाई
उपहार आँशु मेरो तिमीलाई लिई जाउ संगाली
मरिसकें म तिम्रो लागि मेरो नामको चुरा फुटाउनु
हरेक दिन मेरो सम्झनामा मेरो नाममा आरति जगाउनु
तिम्रा आँखाहरुमा
तिम्रा आँखाहरुमा आफ्नो तस्विर हेर्न मन लाग्छ
तिम्रा भाकाहरुमा प्रीतिको धुन सुन्न मन लाग्छ
सरिताको कलगान र कोइलीको सुरिलो कण्ठसंगै
तिम्रा अधरबाट आफ्नो नाम सुन्न मन लाग्छ
कल्पनामा अंकुराएका स्वर्णिम महलहरु जस्तै
तिम्रो मुटुमा प्रीतिको फूल रोप्न मन लाग्छ
गोधुलीमा संघारमा उभिएको पथिक हुँ म
तिम्रा पलकमा वास मग्न मन लाग्छ
इन्द्रेणीको सात रंगमा तिम्रो जवानी उतार्न मन लाग्छ
तिम्रो मुस्कानमा आफ्नो जीन्दगी खोज्न मन लाग्छ
मेरो हात समाई
दिलमा मेरो आगो सल्काई
गालि छैन मेरो आशिष तिमीलाई
पिउनु परोस आँशु बगाई
साथ मिलनको नयन भरि
कोरिरहेछ तस्विर बनि
भुल्न मलाई कठिन भयो
जलिरहेछु आगो बनि
झर्छन आँशु तिम्रै यादमा
म जस्तै भइ एक्लै बसी
पिउनु परोस आँशु बगाई
सहिदिन्छु चोट जति
पत्थर राखी छाती माथि
विर्शुंला मा तिमीलाई
हिजोको सपना ठानी
झर्छन आँशु तिम्रै यादमा
म जस्तै भइ एक्लै बसी
पिउनु परोस आँशु बगाई
मेरो हात समाई छोड्यौ तिमीले
दिलमा मेरो आगो सल्काई
गालि छैन मेरो आशिष तिमीलाई
पिउनु परोस आँशु बगाई
फक्रिएको फूल पनि
फक्रिएको फूल पनि वइलिएर झर्न थाल्यो
ठीक भएको व्याथा पनि बल्झिएर दुख्न थाल्यो
वेदनाको दियो बल्छ चस्काइ मुटु माझ
सम्झनाले सताउँछ सधैँ साँझ साँझ
बाँधिएको मन पनि उडि जान थाल्यो
तस्विर पनि दिलबाट हराई जान थाल्यो
मन भित्र हुरी चल्छ आतंकले आज
दिलको व्याथा चर्की दिन्छ विरहले आज
बाँधिएको मन पनि उडि जान थाल्यो
तस्विर पनि दिलबाट हराई जान थाल्यो
Thursday, March 30, 2017
म रुँदा आँशु पुछेनौ तिमीले
म रुँदा आँशु पुछेनौ तिमीले
हाँस्दा साथ् दिनुको अर्थ के
म लड्दा हात थामेनौ तिमीले
संगै जीउने कसम खानुको अर्थ के
मेरो मनलाई छामेनौ तिमीले
रुपको प्रशंसा गर्नुको अर्थ के
म हिड्दा खुट्टा तानेउ तिमीले
सिंढी चढे'छि फूल दिनुको अर्थ के
हर कठिनाइमा एक्लै छोडेउ तिमीले
सफलतामा तालि पिट्नुको अर्थ के
बीच सागरमा हात छोडेउ तिमीले
मरेपछि गंगाजलको अर्थ के
अन्धकारमा एक्लै छोडेउ तिमीले
उज्यालोमा साथ दिनुको अर्थ के
मेरो निरीहतामा खित्का छोडेउ तिमीले
डुबिसके'छि चुकचुकाउनुको अर्थ के
Sunday, March 26, 2017
मेरो चोखो मन
मेरो चोखो मन चोरी किन लियौ
मुस्कान खोसी अधरको किन यो जलन दियौ
देउता भनेर मैले पाती चढाएं
विश्वास गरेर दिल नै भेटी चढाएं
मन दिएँ मैले विश्वास गरेँ
कि यहि नै मैले भूल गरेँ
किन यसरी तिमीले बदला लियौ
अधरको मुस्कान खोसी किन यो जलन दियौ
लाग्थ्यो हिजो त तिमी आफ्नै थियौ
मेरो आफ्नै कायाको छाया थियौ
आफ्नो सोचेँ अनि विश्वास गरेँ
कि यहि नै मैले भूल गरेँ
किन यसरी तिमी पराय भयौ
दिल जलाई मुटु चुड़ाई आज किन टाढा भयौ
Friday, March 24, 2017
तिमीले मलाई चाँद
तिमीले मलाई चाँद भने म तिमीलाई चकोर भनि दिन्छु
एई , प्रिय तिमी शाह जाँ भए म तिम्री मुमताज बनि दिन्छु
मेरा अधरलाई हाँस्न सिकायौ मायाले मलाई जीउन सिकायौ
बीच बाटोमा अलमलिएकि थिएँ हात समातेर हिंडन सिकायौ
ऋणी छु म तिम्रो मायाकी मृत्यु पर्यन्त ऋणी रहने छु
हरेक मोडमा तिमी जित्दै जाउ म ताजमहलको अट्टालिकाबाट हेरिरहनेछु
तिमीले मलाई फूल भने म तिमीलाई भंवरा भनि दिन्छु
एई , प्रियतम तिमी मज्नु भए म तिम्री लैला बनि दिन्छु
मेरो मायाको खातिर तिमीले अजश्रधारा नीर बगायौ
मलाई पाउने अभिलाषामा तिमीले आफुलाई नै गुमायौ
ऋणी छु म तिम्रो मायाकी जन्म जन्म ऋणी रहने छु
तिमी यसरी नै माया देउ मलाई म तरवारको धारबाट हिडीरहनेछु
तिमीले मलाई सरीता भने म तिमीलाई किनारा भनि दिन्छु
एई , प्यारा तिमी मदन भए म तिम्री मुना बनि दिन्छु
मेरो रूपलाई सिङ्गार्न सारा जवानी विदेशमा बितायौ
मलाई महलकी रानी बनाउन कताकता बतासियौ
ऋणी छु म तिम्रो तपस्याकी जीवनभर ऋणी रहनेछु
तिमी फर्की आउ प्रिय म अध्यारो झुपडीमा कुरीरहनेछु
तिमीले मलाई गजल भने म तिमीलाई सरगम भनि दिन्छु
एई , प्रिय तिमी रोमियो भए म तिम्री जुलियट बनि दिन्छु
मसम्म आइपुग्न तिमीले निकै लामो यात्रा तय गर्यौ
तैपनि तिमी रित्तै रित्तै फर्कीयौ
ऋणी छु म तिम्रो मायाकी जीवनपर्यन्त ऋणी रहनेछु
तिमी जुनेली रातमा हेर्दै जाउ म टेम्स नदीको किनारमा कुरीरहनेछु
तिमी यसरी नै माया गर्दै जाउ म बारबार जन्म लिईरहनेछु
Wednesday, March 22, 2017
बल्ल बल्ल पारें
यो कविता मेरो छोरो शुभाङ्ग नन्दन तिमिल्सिनालाई समर्पण किनकि उसलाई यो अति नै मन पर्छ। कारण यो कवितामा उसको मामा घर उल्लेख भ' को छ। He loves the place Panchkhal N Tamaghat.
तामाघाटको अलिपर पाँचखालमा
जलढुंगेको पानी खाई पुलमा बस्दथें
कहिले स्कुल आउँछिन भनि बाटो कुर्दथें
इशाराले बोलाउँदा हेर्दै नहेर्ने
अलमल पर्थें खालि अनि के गर्नें
शाहस गरि एक मैले चिट्ठि पठा' को
पाँचखालको नर्सरीमा भेट्न बोलाको
आइ लभ यु भन्दा मैले उनी लजाइन
कसैले सुन्ला भनि अलि डराइन
भगवतीलाई साक्षि राखि सिउँदो सजाएँ
तामाघाट र पाँचखालको दूरी घटाएं
बाटो कुर्नु नपर्ने मुहार हेर्नलाई
लाज डर नलाग्ने कुरा गर्नलाई
Tuesday, March 21, 2017
फूलै झुल्यो बारी
तारा फुल्यो नभ भरि जून मुस्काएर
थुँगा थुँगा फूल बिच तिमी नै तिमी छौ
जून तारा आकाश भरि नजरमा तिमी छौ
मन भुल्यो डाली डाली तिमी मस्किएर
फूलै झुल्यो बारी भरि शरद उदाएर
नजर भरि पाउँदा तिमीलाई ढुकढुकी यो बढ्छ
टाढा कतै जान्छेउ भन्ने डरको आँधी चल्छ
खुशी फुल्यो आँखा भरि वैंश छल्किएर
फूलै झुल्यो बारी भरि शरद उदाएर
वर्ष १७ अङ्क ४ , २०५५ असार ''विमोचन ''
Sunday, March 19, 2017
न आउ नजिक
न आउ नजिक तिम्रो रुपको मात लाग्लानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
सुन्दरताको सामु विश्वामित्रको तप भंग भएथ्यो
किराँतीनिका सामु शिवजीको शिर झुकेथ्यो
म त एउटा साधारण मान्छे कहीं कतै भुल होलानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
म अर्जुन होइन उर्वशीलाई आमा भनि बोलाउने
भोले नाथ कहाँ हुँ र नशामा डुबेर पनि होश नगुमाउने
तिम्रो मादकताले आफैँ लाई भुल्ने भुल होलानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
पाऊ चिप्लिएर नयन तालमा डुब्न सक्छु
तिम्रो समिपताले संसारलाई भुल्न सक्छु
यस्तै एउटा सानो भुलले जीवन डुब्लानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
भोलि फेरी मेरो नामको बात लाग्लानी सुन्दरताको सामु विश्वामित्रको तप भंग भएथ्यो
किराँतीनिका सामु शिवजीको शिर झुकेथ्यो
म त एउटा साधारण मान्छे कहीं कतै भुल होलानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
म अर्जुन होइन उर्वशीलाई आमा भनि बोलाउने
भोले नाथ कहाँ हुँ र नशामा डुबेर पनि होश नगुमाउने
तिम्रो मादकताले आफैँ लाई भुल्ने भुल होलानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
पाऊ चिप्लिएर नयन तालमा डुब्न सक्छु
तिम्रो समिपताले संसारलाई भुल्न सक्छु
यस्तै एउटा सानो भुलले जीवन डुब्लानी
भोलि फेरी मेरो नामको बात लाग्लानी
नजरमा बस्यौ
नजरमा बस्यौ तिमी थाहै नदिई
कुन्नी कुन बेला गयौ होशै उडाई

यो मुटुमा माया तिम्रो साँची राखेकिछु
आउ प्रिय चाँडो फर्की पर्खि बसेकिछु
गीत बनि बस्यौ ओठमा थाहै नदिई
कुन्नी कुन बेला गयौ होशै उडाई
कुन्नी कुन बेला गयौ होशै उडाई

यो मुटुमा माया तिम्रो साँची राखेकिछु
आउ प्रिय चाँडो फर्की पर्खि बसेकिछु गीत बनि बस्यौ ओठमा थाहै नदिई
कुन्नी कुन बेला गयौ होशै उडाई
देउ देउता भाकी भाकी माया लाएको
विर्शेउकि संगै जीउने कसम खाएको
तस्विर बनि छायौ मनमा थाहै नदिई
कुन्नी कुन बेला गयौ होशै उडाई
Saturday, March 18, 2017
मैले सुख होइन
दौलतको चाबी कहाँ हो र ?
वस् एक चिम्टी सिन्दूर मागेकीथें
Thursday, March 16, 2017
बाह्रमासे फूल
बाह्रमासे फूल हो कि तिम्रो जवानी
बाह्रै महिना जताततै फुलिरहनीगुलाबी छ वदन तिम्रो छोउँ छोउँ लाग्ने
अधरका ति भरी प्याला पिउँ पिउँ लाग्ने
ज्योति भरी नयन तिमीलाई कस्ले सापट दियो
शिरको कालो बादलुले मनै अल्झाइदियो
मेरो मनले रोज्यो तिमीलाई केही नभनी
बाह्रमासे फूल हो कि तिम्रो जवानी
चंचल तिम्रा पाउचाल हेरिरहुँ लाग्ने
मुस्काउँदाको हिस्सी तिम्रो चोरुं चोरुं लाग्ने
खुश्बु भरी वदन तिमीलाई कस्ले पैंचो दियो
तिम्रो सासको मादकताले वेहोश पारीदियो
मेरो मनमा बस्यौ तिमी केहि नभनी
बाह्रमासे फूल हो कि तिम्रो जवानी
Wednesday, March 15, 2017
Subscribe to:
Comments (Atom)
गणतन्त्र दिवस राजतन्त्र निरङ्कुशतन्त्र प्रजातन्त्र एकदलीय प्रजातन्त्र बहुदलीय प्रजातन्त्र शाहीतन्त्र शिशु प्रजातन्त्र लोकतन्त्र अन...
-
कुन सन्तान चाहानुहुन्छ - छोरा या छोरी ? कसैलाई छोरीको रहर हुन्छ त कसैलाई छोराको । कसैको रहर पुरा हुनसक्छ कसैको नहुन पनि सक्छ । यो...
-
भगवान शिवका १०८ नाम १)शिव - कल्याणकारी २)महेश्वर - मायाका अधिश्वर ३)शम्भू - आनन्द स्वरुप ४)पिनाकी - पिनाक धनुषधारी ५) ...
-
माया मेरो सधैँ सधैँ साथ छोडि एक्लो पारी विर्शी जानेलाई आशिष मेरो लाख लाख वाचा कसम भुली मलाई छोडि जानेलाई चोखो मायामा बदला हुदैन ...




























