आफ्नो घरको वस्तु कति मिलेको छ आफैँ विचार गर्नुहोस्। घर किन्दै हुनुहुन्छ या बनाउदै हुनुहुन्छ? यहाँ प्रस्तुत गरिएका कुराहरुमा थोरै विचार गर्नुहोस। आफ्नो भाग्य चम्काउनुहोस। यो घरमा बसेदेखि यसो भ उसो भ भन्दै ज्योतिष धाउनु भन्दा अगाडिको कारण आफैँ पत्ता लगाउनुहोस।
१ ) घर पूर्व र उत्तर होचो तथा पश्चिम र दक्षिण अग्लो हुनु शुभ मानिन्छ। गृह स्वामीको उन्नति हुन्छ। दक्षिण दिशामा अग्लो घरले मानिसका सबै कामना पुरा गर्छ। (मत्स्यपुराण ,२५६ /४ )
दक्षिण अग्लो घरले धन वृद्धि तथा पश्चिम होचो घरले धन नाश गर्छ।
२ ) घरको चारै तिर तथा ढोकाको अगाडि जमिन छोड्नु शुभकर हुन्छ। पृष्ठ भाग दायाँ हुनु पर्छ। वायाँ विनाशकारी हुन्छ।
३ ) सूर्यको प्रकाश र वायू प्रवेश नगर्ने घर शुभ मानिदैन।
४ ) एउटै दिवारमा दुई घर बनाउनु अनिष्टकारी हुन्छ। गृहस्वामीको नाश गर्छ।
५ ) कुनै बाटो या गल्लीको अन्तिम घर अशुभ हुन्छ। यस्तो घरमा बढी कष्ट उठाउनु पर्छ।
६) पूर्वबाट पश्चिम तर्फ लामो घरलाई सुर्यवेधी तथा उत्तरबाट दक्षिण तर्फ लम्बिएको घरलाई चंद्रवेधी घर भनिन्छ। चंद्रवेधी घर उत्तम मनिन्छ। जसले धनको वृद्धि गर्छ। तर जलाशय सुर्यवेधी उत्तम मनिन्छ। सुर्यवेधी आगन पनि अमंगलकारी हुन्छ।
७ ) घरको कुनै भागमा अवश्य माटो राख्नुपर्छ।
८) टुटे फुटेको घरमा वस्दा सुख मिल्दैन।
९) घनिष्ठा , शतभिषा , पुर्वाभाद्रपद , उत्तरभाद्रापद र रेवती नक्षत्र (पंचक ) मा घरको लागि काठ पात संग्रह , पलंग निर्माण , शैया निर्माण तथा छाना छाउनु हुन्न।
१० ) नयाँ घरको ढोका टुटफुट भयो भने स्त्री संज्ञक वस्तु वा स्वयं स्त्रीको नाश हुन्छ। नयाँ घरको कुनै वस्तु फुट्यो ,झुक्यो वा फाट्यो भने कुटुम्बको मृत्यु हुन्छ। (नयाँ घर भन्नाले एक वर्ष सम्मलाई मात्र बुझाउँछ। )
११ ) घरमा टुटेफुटेका आसन , कुर्सी ,पलंग , वाहन (साइकल ,स्कूटर आदि ) राख्नु अशुभ फलदायी हुन्छ।
भिन्न भाण्डं छ खटवां च कुक्कुटं शुनकं तथा।
अप्रशस्तानि सर्वाणि यश्च वृक्षो ग्रिहेरुह।
भिन्नभाण्डे कलीं ग्राहू खटवायां तु धन क्षय।
कुक्कुटे शुनके चैव हविर्नाश्नन्ति देवता।
वृक्षमूले धुर्व सत्तवं तस्माद वृक्षं न रोपयेत।
(महाभारत , अनुशासन पर्व , १२७ अध्याय श्लॊक १५ -१६ )
घरमा टुटेफुटेका वर्तन , खाट , कुखुरा , कुकुर तथा वृक्ष रोप्नु शुभकर मानिदैन। टुटेफुटेका वर्तनमा कलिको निवास हुन्छ। टुटेको खाट घरमा राख्दा धन नाश हुन्छ। कुखुरा र कुकुर भएको घरको हविष्य देवताले ग्रहण गर्दैनन्। रुखको जरा तथा फेदमा बिच्छी सर्प जस्ता जन्तु वस्ने हुनाले घरमा रुख पनि रोप्नु हुदैन।

No comments:
Post a Comment