तस्विर कोरिसकें ह्रदयको पाना भरी
अब दूर हुने कोसिस नगर जीवन भरी
मेरो दिल तोडी
मेरो मन चोरी
विना वसन्तको वहार थिएँ म
विना खुशीको मुस्कान थिएँ म
तिमी बिना अधुरो थिएँ म
तिम्रो आगमनले पूर्ण भएँ म
राखेकी छु तिमीलाई दिल भरी
साथ देउ जीवन भरी
अब दूर हुने कोसिस नगर जीवन भरी
मेरो दिल तोडी
मेरो मन चोरी
विना सुरजको धूप थिएँ म
विना दृश्यको नयन थिएँ म
तिमी बिना निरस थिएँ म
तिम्रो सहाराले सरस भएँ म
सोचेकी छु तिमीलाई जीवन साथी
सहारा बनिदेउ जीवन भरी
अब दूर हुने कोसिस नगर जीवन भरी
मेरो साथ छोडी
मेरो मन चोरी

No comments:
Post a Comment