म फुटेको चुरी हुँ जोड्न नखोज
म झरेको फूल हुँ सजाउन नखोज
रात पछि बिहानी आए झैँ
मेरो जीवनमा उषाको लाली आएन
शिशिरको पतझडमा वसन्त छाए झैं
मेरो भाग्यमा बहार छाएन
म पोखिएको पानी हुँ पिउन नखोज
म पुछिएको सिउँदो हुँ कोर्न नखोज
मेरो तक्दिरले आँशु दियो
जब हाँस्न जानेथें
मेरो जीवन उजाडियो
जब शरदमा फुल्न खोजेथें
म निभेको आगो हुँ ताप्न नखोज
म उजाड मरुभूमि हुँ वसन्त ल्याउन नखोज

No comments:
Post a Comment