वैदिक कालका ऋषीका
वैदिक कालमा महिलाहरुलाई उचित स्थान उच्च सम्मान दिइएको थियो। पुरुषको अपेक्षा नारीलाई अधिक पवित्र र सम्माननीय मानिन्थ्यो। नारी देवी समान पूजीत मानिन्थ्यो। त्यसैले नारीको नामको पछाडि देवी जोड्ने चलन थियो। देवता वा महापुरुषको नामसंग अर्धाङ्गिनिको नाम पनि जोडिएर आउने गर्छ। जस्तै , सीताराम , राधेश्याम, गौरीशंकर आदि.
वैदिक कालमा महिला र पुरुष समान थिए. महिला पनि गुरुकुलमा गएर अध्ययन गर्दथे. ब्रम्हचर्यको पालन गर्दथे. अध्ययन सकेर गृहस्थ आश्रममा जाने महिलालाई सद्योवधु भनिन्थ्यो भने ब्रम्हचर्य मै रहेर जीवन यापन गर्ने महिलालाई ब्रम्हवादिनी भनिन्थ्यो. महिलालाई वर चुन्ने पुरापुर छुट थियो. अहिले परिश्थिति पुरै बदलिएको छ. महिलाको स्थान कहाँ छ, हामीले देखे भोगेकै छौं.
ऋग्वेदका मन्त्र द्रष्टा ४१४ ऋषिहरुमा ३० जना ऋषीका रहेको कुराले त्यसवेलाका नारीको स्थान अनुमान गर्न सकिन्छ. तिनीहरुको नाम तल उल्लेख गरिएको छ.
१) घोषा
२) योधा
३) विश्ववारा
४) अपाला
५) उपनिषद्
६) निषद्
७) ब्रम्हाजाया
८) जुहु
९) अदिति (दाक्षयानी)
१०) इन्द्राणी
११)सरमा
१२) रोमशा
१३) उर्वशी
१४) लोपामुद्रा
१५) नदियां
१६) यमी
१७) शश्वति
१८) श्री
१९) लाक्षा
२०) सार्पराज्ञी
२१) वाक्र
२२) श्रध्दा
२३) मेधा
२४) दक्षीणा
२५) रात्री
२६) सूर्या
२७) सावित्री
२८) शची
२९) सरस्वती
३०) आत्रेयी



















