Wednesday, June 29, 2022

ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।










ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। 
 पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥ - वृहदारण्यक उपनिषद् 
 
पूर्ण सृष्टिको परिधिमा 
पूर्ण छन्, हर एक 
तिम्रो सत्तामा मेरो सार्थकता कति???
शायद शून्य 
मेसिनको रचना होइन 
एकै ढाँचामा ढल्न 
प्राकृत साँचोको सृजना 
अतुल्य दिव्यता 
अनन्त क्षमता 
असिम सम्भावना 
जरुरत थोरै प्रयासको 
पर्खाइको 

रोजाइ स्वयंको 
पतन या उत्थान 
नर या नारायण 
पशु या पशुपति 
असुर या सुर 

शायदै, मेरो आशिषको अर्थ रहला ? 
किनकी, तिमी मै समाउँछन् 
कृष्ण - क्राइस्ट 
बुद्ध - पैगम्बर 
नानक - महावीर 

भौतारिनुमा तुक नरहला 
तिमी मै छन् 
मन्दिर - मस्जिद
दरगाह - गुरुद्वार 
गुम्बा - गिर्जा 

पर्दा उघार 
तिम्रै वाणी बन्छ 
पुराण - कुरान 
आगम - त्रिपिटक 
गुरुग्रन्थ - बाइबल 

खोज, पाउने छौ, स्वयंमा 
कासी - कावा 
सारनाथ - अमृतसर 
जेरुसलेम - गिरनार 

बदल दृष्टि 
हरक्षण उत्सव 
होली - दिवाली 
प्रकाश - पूर्णिमा 
इष्टर - इद 

तिमी, पवित्रताको अपूर्व नमूना हौ 
सृष्टिको अनुपम रचना हौ 
भवसागरको बहना हौ 
"तत्त्वमसि" 
 
र, अन्तमा 
"अप्पो दिपो भव:" 
 बन्न सक्नु 
भन्न सक्नु 
"अनलहक" 
"अहम् ब्रह्मास्मि" 
ॐ शान्तिः शान्तिः शान्तिः 

इति

प्रभा अधिकारी 
सूर्यविनायक-५ 
भक्तपुर

Thursday, June 20, 2019

म यसकारण जन्मदिन मनाउँदिन



म यसकारण जन्मदिन मनाउँदिन

त्यो दिन मेरी आमा प्रसव पिडाले
छटपटिएको दिन
छोराको आसमा 
छोरी जन्मेलीकि भन्ने त्रासमा
कुनै अमूक वेदना थपिएको दिन

असारे सिमसिमे झरी र तप्त गर्मीमा
मेरी आमाका परेला रुझेको दिन

उनको ओठमा मुस्कान लेराउन नसकेको दिन
मेरी आमाको सातौं प्रयास पनि खेर गएको दिन
आश मरेको दिन
पुन: अर्को प्रसवको लागि तयार हुन बाध्य भएको दिन

यि सब कुरा मेरा कल्पनामा आउँदा
मेरी जननीको मलिन मुहार छाउँदा
म संभवत भक्कानिएकी!!!
सुँक्क सुँक्क रोएंकी???
तब, म कसरी यस धर्तिमा 
आफ्नो उपश्थिति जनाउँ?
म कसरी आफ्नो जन्म दिन मनाउँ??

उनको सपना हुरीले उडाएको दिन
आशामा खडेरी लागेको दिन
" फेरी पनि छोरी" को आवाजसंगै 
उनका आँखा बन्द भएको दिन
मलाई हेर्ने हिम्मत जुटाउन नसकेको दिन
प्रेमले सुम्सुम्याउन नसकेको दिन
फेरी अर्को पीडामय यात्राको लागि 
तयार भएको दिन

यि सब घटना मेरो मानसपटलमा घुमिरहंदा
तिनको विछिप्त अनुहार उजागर बनिरहंदा
म कसरी हांस्न सक्छु?
म कसरी दियो जलाउन सक्छु?
म कसरी Happy birthday को करतल सहितको
ध्वनि सुन्न सक्छु???
तब त म यस धर्तिमा आफ्नो उपश्थिति जनाउँदिन
यसकारण
यसकारण म आफ्नो जन्मदिन मनाउँदिन


Friday, September 21, 2018

जन्म दियौ नि....



गीत

जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
दिन बित्छ शोकमा रात बित्छ मेरो ( आशु नै बगाई)

मै रोई बस्छु संझेर तिमी विरानो ठाऊँमा
पाउँदिन प्यारो बाबाको माया पराय आँगनमा
जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
यो जुनी मेरो बित्ने भो यसै ( सिरानी भिजाई)

बादलु तिमी पठाईदेऊ बाबा जाऊ चांडै भनेर
टोलाऊँछन् आँखा दोबाटो तिर अौंला नै गनेर
जन्म दियौ नि हे मेरी आमा अभागी मलाई
जीन्दगी मेरो बित्ने भो त्यसै ( चोलिया भिजाई)


16th  Feb. 1998

Monday, June 4, 2018

क्षीर सागर मन्थन गर्दा के के निस्किएका थिए ?



वैदिक कालमा सागर मन्थन गर्दा निस्किएका चौध रत्न 

लक्ष्मी : कौस्तुभ पारिजातकसुराधन्वंतरिश्चन्द्रमा :/

गाव : कमदुहा  सुरेश्वरगजो  रम्भादिदेवांगना : //
अश्व : सप्तमुखो  विषं  हरिधनुः  शंखोमृतं  चाम्बुधे : /
रत्नानीह  चतुर्दश  प्रतिदिनं  कुर्यात्सदा  मंगलम : //


१. कालकूट ( हलाहल )

२. ऐरावत 

३. कामधेनु 

४. उच्चैः श्रवा 

५. कौस्तुभमणि 

६. कल्पवृक्ष 

७. रम्भा  ( अप्सरा )

८. लक्ष्मी 

९. वारुणी ( मदिरा )

१०. चन्द्रमा 

११. पारिजात 

१२. शंख 

१३. धन्वन्तरि 

१४. अमृत 



Sunday, April 1, 2018

LOVE THE NATION


मेरो देस

बुध्दको अहिंशा परमोधर्मको उपदेश
छरिएको देशमा
बन्दुकको नाल र तरवारको धारबाट 
शान्ति खोजिन्छ भने
धार्मिक सहिष्णुता खलबलिंदा र भातृत्वको
भावना विचलित हुंदा
देसमा सामाजिक परिवर्तन आएको
सोचिन्छ भने
मलाई बुध्द र बुध्दत्वको बारेमा सोध्न मन लाग्छ
मलाई शान्ति र परिवर्तनको अर्थ खोज्न मन लाग्छ



नेपाली कला, शौन्दर्य र इतिहास बोकेका धरोहरहरु 
भत्काएर / नासेर
राष्ट्र विकासका संभावना खोजिन्छ भने 
अरुलाई लान्छना लगाएर र गाली गरेर 
आफूलाई पवित्र र दोष रहित सोचिन्छ भने 
मलाई विकास र विनासलाई समानार्थी शब्द भन्न मन लाग्छ 
मलाई गालीगलौज नै पवित्र शब्द जस्तो लाग्छ 



नेताका स्वार्थपूर्ण भाषण र शासनलाई 
जनमत र जनसत्ता भनिन्छ भने 
आफ्ना कल्मषलाई लुकाएर /छिपाएर 
प्रतिपक्षको शब्द शब्दमा 
जालसाजी खोजिन्छ भने 
मलाई जनमत र जनसत्ताको अर्थ भ्रम लाग्छ 
मलाई लोकतान्त्रिक अभ्यास प्रति नै शङ्का लाग्छ 


स्वार्थपूर्ति गर्न जनमतको हवाला दिएर 
हत्या हिंसाको बाटो रोजिन्छ भने 
हत्या , बलत्कार र अपहरणको जघन्य अपराधमा 
आम माफीको मार्ग खोजिन्छ भने 
मलाई हत्या हिँसा  नै हाम्रो धर्म भन्न मन लाग्छ 
मलाई जघन्य अपराध नै मानव  अधिकारको मर्म भन्न मन लाग्छ 



राष्ट्रिय संस्कृति र अस्मिता 
सामाजिक मान्यता र आस्थाहरुमा खलल आउँदा 
राष्ट्रिय एकता ,शान्ति मैत्री 
सदभाव र सहिष्णुतामा विचलन छाउँदा 
प्रत्येक नेपालीको छाती दुख्नु पर्छ 
हरेक राष्ट्र प्रेमीको घाँटी सुक्नु पर्छ 


राष्ट्र , राष्ट्रियता , लोकतन्त्र र मानव अधिकारको 
सम्मान हुनु पर्छ 
नेपाली कला , सौन्दर्य , आदर्श र वैशिष्टयको 
संरक्षण र सम्बर्धन हुनु पर्छ 
आफु नेपाली भएकामा गौरव गर्न सक्नु पर्छ 
गौरव गर्न सक्नु पर्छ 





yahaako chalan


यहाँको चलन 

एउटै ईश्वरका सन्तान नारी अनि  पुरुष 
 एउटै सिक्काको दुई भाग 
तर समान न्याय छैन यहां नारीको लागि 

चाहेको बखतमा खेल्न पाइन्छ - ऊ खेलौना हो 
जहिले पनि किन्न सकिन्छ - ऊ बजारको वस्तु हो 
चाहेको खण्डमा लिन सकिन्छ दिन सकिन्छ 
बजारको मूल्यहीन वस्तु हो - ऊ 

ऊ प्रदर्शित हुन्छे - खुल्ला मंचहरुमा 
लीलामित हुन्छे - हरेक बजारहरुमा 
कती सस्तो छ उसको जिंदगी 
चैत्रको आंधीमा उडेको धूलो जस्तै 
नांगै नांगै नचाइन्छ - ऐय्याशीका महलहरुमा 
त्यसैले ,
ऊ बेइज्जत चिज मानिन्छे 
तैपनि 
बाँडींछे - इज्जतदारहरुमा 
आखिर उ - के हो ?


यहाँ ,
पुरुषको निम्ति   हर अन्याय छुट 
नारीको लागि रुन पनि मुस्किल 
पुरुषको निम्ति हजारौ बंगला 
नारीको लागि केवल एक चीता 
वाह ! न्यायको फैसला !!

नारीकै कोखमा उसको वास हुन्छ
आखिर पुरुष त्यही कोखको कारोबार गर्छ 
कती नीच स्वार्थ !
जुन अधरले उसलाई चुम्छन 
ऊ त्यही अधरको लिलाम गर्छ 
कती मूल्यहीन मानवता !!
साँच्चै यही मानवता हो ?!!


पुरुषको बलियो पञ्जा भित्र 
उसका हर अधिकार कुण्ठित गराइन्छ 
उसका सारा ख़ुशी लुटेर 
जिउदै चितामा जल्न बाध्य बनाइन्छ 
तैपनि ,
भाग्यले दिएका हरेक आँशुका थोपालाई 
अलौकिक सुख मान्छे - ऊ 
संसारको हर निर्लज्जा उसलाई दिइन्छ 
जींदगीका सयौँ अधिकार र खुशीबाट बन्चित गराइन्छ 
पुरुषको हर तालमा नचाइन्छ 
त्यसैले ,
ऊ  जिन्दगीको हर पाइलामा पापको भागी बन्छे 

ऊ  एक देवी हो विधाता हो संसारकै भाग्य हो
तर ऊ अभागी छे
उसको भाग्य खोटो छ
ऊ संसारका सबै भगवानकी जन्मदायिनी हो
तर ऊ सैतानकी छोरी हो
ऊ एक अभागी आमा पनि त हो

किनकी ,
जानिजानि आफ्नै छोराको हातमा खेल्न वाध्य छे
आँखा भरि आंशका लाखौँ भरि घड़ा भएर पनि
बलियो बाँध लगाएर अधरमा मुस्कानको लाली पोत्न विवश छे
कती विवश छ उसको जिन्दगी !
पलपल मन जलाएर विवशताको पर्खालमा उभिन वाध्य छे
कुनै दिन ढल्न पनि त सक्छे

लज्जाका गहना लगाएर पनि नांगै खुला सडकमा नाच्न मजबूर छे
त्यसैले ,
ऊ एक मजबूर नारी हो
भाग्यले ठगेकी अभागी हो


उसका विवश ओठमा लाखौँ  खुशीका बाहाना छन
कयौं मुस्कानका रेखा छन

तर ,
लोचनभरि सावन छचल्किएको छ
दिल भित्र आगो दन्किएको छ
छाती भित्र भित्रै चर्किएको छ
मन चोईटिएको छ
कुंडिएको छ
दुखेको छ

उसका   मनभरि अनेकौं चाहानाका कोपिला छन
दुर्भाग्य !
उ विना मौसममै चुँडिन्छे ,
लुटिन्छे ,
कुल्चीन्छे
गल्लीमा वेवारिस भई फालिन्छे
नयनभरी सपनाका अनगिन्ती महलहरु छन
तर अफशोच !!
निर्माणाधीन मै भत्काइन्छ - वालुवाको घर झैँ
जलाइनछ - पत्करको मन्दिर झै
उड़ाईंनछ - कागजको चंगा झैँ

Saturday, March 31, 2018

MALAI MAN LAAGYO



मलाई मन लाग्यो 

अब त कोइलीको मीठो स्वर पनि 
नमीठो झर्को लाग्ने हुन थाल्यो 
सुन्दर हरियाली पनि वइलिएर 
नरमाइलो लाग्नथाल्यो 
अब त झरनाको  मीठो गीत पनि 
कानमा मृत्युको घण्टा झै बज्न थाल्यो 
क्रंदनमा हाँसेर धर्तीमा बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त हरियाली सुन्दर वसन्त पनि 
उराठ लाग्दो मरुभूमि जस्तो लाग्नथाल्यो 
कोमल फूल पनि 
कडा पत्थर जस्तो लाग्नथाल्यो 
अब त उज्यालो दिन पनि 
अध्यारो रात जस्तो लाग्नथाल्यो 
यस धर्तीमा तड़पन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त दुई थोपा आँशु र शीतल पवन पनि 
भीषण वर्षा र आंधीवेरी जस्तो लाग्नथाल्यो 
मायालु मीठा वचन पनि 
तीखा वाण झै मुटुमा घोच्न थाल्यो 
अब त जीवनको मीठो कहानी पनि 
तितो विष झै लाग्नथाल्यो 
यस धर्तीमा आँशु आँशुको ज्वाला पिएर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त बिहानको कलिलो घाम पनि 
हृदय जल्ने चर्कीलो जस्तै लाग्नथाल्यो 
अतीतका मीठा पानाहरु पनि 
घाउ जस्तै बेसरी पोल्न थाल्यो 
अब त मगमगाउने वासना पनि 
गन्हाउने कसिङ्गर जस्तै लाग्नथाल्यो 
यस धर्तीमा जलन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त निश्तब्ध स्थानमा पनि 
कोलाहल र चिच्याहट जस्तो लाग्न थाल्यो 
स्वतन्त्र भएर हिंडे पनि 
बन्धनमा बांधिए झै लाग्न थाल्यो 
अब त काखको न्यानो माया पनि 
क्रोधको ज्वाला जस्तो लाग्नथाल्यो 
यस धर्तीमा अज्ञात भएर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

अब त इतिहासमा कोरिएका कथाहरु पनि 
आफ्नै  व्यथा जस्तै लाग्नथाल्यो 
ओठहरुका मधुर मुस्कान पनि 
जीवनको शत्रु झै लाग्नथाल्यो 
अब त यथार्थ विपना पनि 
रातमा देखिएको सपना जस्तै लाग्न थाल्यो 
यस धर्तीमा रोदन सहेर बाँच्नु भन्दा 
मलाई अग्निमा जलेर मर्न मन लाग्यो 

Saturday, August 19, 2017

वैदिक कालका ऋषीका



वैदिक कालका  ऋषीका 


वैदिक कालमा  महिलाहरुलाई  उचित स्थान उच्च सम्मान दिइएको थियो। पुरुषको अपेक्षा नारीलाई अधिक पवित्र र सम्माननीय मानिन्थ्यो। नारी देवी समान पूजीत मानिन्थ्यो। त्यसैले नारीको  नामको पछाडि देवी जोड्ने चलन थियो। देवता वा महापुरुषको नामसंग अर्धाङ्गिनिको नाम पनि जोडिएर आउने गर्छ। जस्तै , सीताराम , राधेश्याम, गौरीशंकर आदि.

वैदिक कालमा महिला र पुरुष समान थिए. महिला पनि गुरुकुलमा गएर अध्ययन गर्दथे. ब्रम्हचर्यको पालन गर्दथे. अध्ययन सकेर गृहस्थ आश्रममा जाने महिलालाई सद्योवधु भनिन्थ्यो भने ब्रम्हचर्य मै रहेर जीवन यापन गर्ने महिलालाई ब्रम्हवादिनी भनिन्थ्यो. महिलालाई वर चुन्ने पुरापुर छुट थियो. अहिले परिश्थिति पुरै बदलिएको छ. महिलाको स्थान कहाँ छ, हामीले देखे भोगेकै छौं. 


ऋग्वेदका मन्त्र द्रष्टा ४१४ ऋषिहरुमा ३० जना ऋषीका रहेको कुराले त्यसवेलाका नारीको स्थान अनुमान गर्न सकिन्छ. तिनीहरुको नाम तल उल्लेख गरिएको छ.


१) घोषा
२) योधा
३) विश्ववारा
४) अपाला
५) उपनिषद्
६) निषद्
७) ब्रम्हाजाया
८) जुहु
९) अदिति (दाक्षयानी)
१०) इन्द्राणी
११)सरमा
१२) रोमशा 
१३) उर्वशी
१४) लोपामुद्रा
१५) नदियां
१६) यमी
१७) शश्वति
१८) श्री
१९) लाक्षा
२०) सार्पराज्ञी
२१) वाक्र
२२) श्रध्दा
२३) मेधा
२४) दक्षीणा
२५) रात्री
२६) सूर्या
२७) सावित्री
२८) शची
२९) सरस्वती
३०)  आत्रेयी



Friday, August 18, 2017

मेरो घर



मेरो घर

माकुराको जालोले भरिएको
धमिराले भित्र भित्रै खोक्रिएको
चौबाटोको पाटी जस्तै
ठिंग उभिएको छ मेरो घर

भित्ता नपोतिएको वर्षौं भयो
आँगन नबढारिएको दशकौं भयो
परिवारका सदस्य बीच बोलचाल छैन
एक अर्काको अनुहार देख्दा पारो चढ्छ
मासुको चोक्टामा कुकूरको लुछाचूंडी जस्तै
जुध्ने गर्छन्
रगत पच्छे नभइन्जेलसम्म

पल्ला घरे दिदीको सिऊँदो पुछिंदा
डांडा घरे डल्लीको सतित्व लुटिंदा
भुन्ट् र च्यान्टीको अभिभावकत्व गुम्दा
वीरे र हर्केको छातिमा गोली लाग्दा
कसैको आँखाबाट आसु झरेन
उफ सम्म कसैले गरेन
सान्त्वनाका दुई शब्द सुनिएन
हाम्रो निरिहतामा खित्का छोड्छ मेरो घर
हाम्रो लाचारीलाई धिक्कार्छ मेरो घर


Wednesday, August 16, 2017

विभिन्न शास्त्रका निर्माता




विभिन्न शास्त्रका शास्त्रकार 

ब्रम्हविद्या ( गीता )--------- परमेश्वर 

चार वेद  -------------------  चैतन्यमाया 
१) ऋग्वेद 
२) यजुर्वेद 
३) सामवेद 
४) अथर्ववेद 

त्रिकांड वेद  ------------- विश्वरुप ( महा विष्णु )
१) कर्मकाण्ड 
२) उपासनाकाण्ड  
३) ज्ञानकाण्ड 

अष्टशास्त्र 
१) कामशास्त्र ------------------ कराली भैरव 
२) धर्मशास्त्र ------------------- विकराली भैरव
३) उद्योगशास्त्र ---------------- उमापति भैरव
४) सांख्यशास्त्र ---------------- पशुपती भैरव
५) न्यायशास्त्र ----------------- सदाशिव भैरव
६) वेदांतशास्त्र ---------------- ब्रम्हा भैरव
७) आगमशास्त्र --------------- महदविष्णु भैरव
८) निगमशास्त्र ---------------- महादेव भैरव

१४ विद्या ---------------------- क्षिर सागरका विष्णु 

६४ कला ---------------------- कैलासका महादेव 

मीमांसा ----------------------- वैकुण्ठका विष्णु 

५२ उपनिषद ----------------- ब्रम्हदेव 

कोक -------------------------- इन्द्रदेव 

गायन ------------------------- चित्रसेन 

मन्त्र -------------------------- साम्ब 

कुविद्या ---------------------- यक्षणी 

थाहा छैन



थाहा छैन तिम्रो मनमा के बसेको छ
मेरो मुटु भरिभरि तिम्रै माया बसेको छ

जब देखें तिमीलाई जीन्दगीको आधि बाटोमा
सहयात्री बनाउने इच्छा जाग्यो मेरो मनमा
विचार तिम्रो कस्तो छ है मनमा
इशारा नै काफी छैन मुखले बोलन

थाहा छैन तिम्रो ओठमा के बसेको छ
मेरो अधर भरिभरि तिम्रै गीत बसेको छ

डर लाग्छ मौनता मै बाटो कट्ने हो कि
अलि पर दोबाटो मै साथ छुट्ने हो कि
जुद्धा आँखा मसंग उसै लजायौ
भनि देउ यसको अर्थ के लगाऊँ

थाहा छैन तिम्रा आँखामा के बसेको छ
मेरा नयन भरिभरि तिम्रै तस्विर बसेकोछ

मेरो जस्तै माया भए अधर खोल्नु पर्ला
भोली फेरी एकान्तमा एक्लै रुनु पर्ला
हेरी मलाई लुकीचोरी मुस्कान खिलायौ
तिम्रो यस्तो इशारालाई के भनौ म

थाहा छैन तिम्रो हांसोमा के बसेको छ
मेरो मुस्कान भरिभरि तिम्रै खुशी लुकेको छ


माया मेरो सधैँ सधैँ


माया मेरो सधैँ सधैँ 
साथ छोडि एक्लो पारी विर्शी  जानेलाई 
आशिष मेरो लाख लाख 
वाचा कसम भुली मलाई छोडि जानेलाई 

चोखो मायामा बदला हुदैन 
बरु हुन्छ बलिदान 
राख्न सकेनौ तिमीले कहिल्यै 
आफ्नो मायाको थोरै मान 
किन लायौ माया तिमीले 
निभाउन नसक्ने थियौ भने 
किन खायौ झुठो कसम 
साथ नदिनु थियो भने 

तैपनि ,
            सम्झना छ सधैँ मेरो 
            दील तोडी मन चोरी टाढा हुनेलाई 
           आशिष मेरो लाख लाख 
           वाचा कसम भुली मलाई छोडि जानेलाई

मायामा शक्ति अपार हुन्छ 
मेरो मायामा पनि थोरै हुनुपर्छ 
धोखा दिनेको मन सधैँ पश्चातापमा जल्छ 
सम्झी मलाई एक दिन तिमीले पनि पछुताउनु पर्छ 
रुनु छ तिमीले पनि भोलि 
आज मलाई रुवाएर के पायौ 
छोडेर मलाई टाढा भई 
तिमी पनि शायद त्यहाँ एक्लै भयौ 


तैपनि ,
            मङ्गल कामना गर्दछु सदा सदा 
           मलाई रुवाइ एक्लो बनाइ टाढा हुनेलाई 
           आशिष मेरो लाख लाख 
           वाचा कसम भुली मलाई छोडि जानेलाई

Tuesday, August 15, 2017

SHORTCUT KEY


SHORTCUT KEY

1. open/ close

new tab --------- ctrl +t
one tab close --------- ctrl + w
all tab close ---------- ctrl + shift + w
re open tab ---------- ctrl + shift + t

2. change font size 

 select text , ctrl + ] increase font size
select text , ctrl + [ decrease font size

3. change window

 alt + tab
7 and 8 window version , window key + tab 

4. two windows in same screen


window + right arrow key
window + left arrow key

5. file delete


shift + delete -- fully delete


6. take screen shot 


print screen

for laptop fn + print scr


7. word count and small / capital letter


word count = alt + t + w
small/ capital letter = select text , shift + f3

8. go to desktop 


window key + d

9 . computer lock 


window key + l

10. text select


shift + home key = start from cruser
ctrl + shift + up = paragraph
shift + end = end of paragraph




Sunday, August 13, 2017

अठार पुराणका निर्माता

अठार पुराणका निर्माता 

१) मत्स्य पुराण --------------------------- बकदालभ्य ऋषी 
२)मार्कंडेय पुराण ------------------------ भ्रिकंडी ऋषी 
३) महाभारत / भागवत पुराण -----------  व्यास ऋषी 
४) भविष्य पुराण ------------------------- लोमहर्ष ऋषी 
५) बृहन्नारदिय पुराण -------------------- कृर्म ऋषी 
६) ब्रम्हाण्ड पुराण ----------------------- अगस्ति ऋषी 
७) ब्रम्हवैवर्त पुराण ---------------------- कश्यप ऋषी 
८) वराह पुराण -------------------------- भारद्वाज ऋषी 
९) वायु पुराण --------------------------- अङ्गरा ऋषी 
१०) विष्णु पुराण ------------------------- सृङ्ग ऋषी 
११) वामन पुराण ------------------------ कण्डव ऋषी 
१२) आदित्य पुराण --------------------- अत्री ऋषी 
१३) लिङ्ग पुराण ------------------------ पराशर ऋषी 
१४) पद्म पुराण ------------------------- पद्म ऋषी 
१५) अग्नी पुराण ------------------------ विभांडक ऋषी 
१६) कुर्म पुराण ------------------------ वसिष्ठ ऋषी 
१७) स्कन्ध पुराण ---------------------- कार्तिक  ऋषी 
१८) गरुड पुराण ----------------------- वृहस्पति ऋषी 

Saturday, August 12, 2017

SHORT CUT KEY FOR FACEBOOK


SHORTCUT KEY FOR FACEBOOK


For Google Chrome = Explorer


Alt + 1 = Home
Alt + 2 = Timeline
Alt + 3 =Friend list
Alt + 4 = Messenger
Alt + 5 = Notification
Alt + 6 = Setting
Alt + 7 = Activity Log
Alt + 8 = Facebook Page
Alt + 9 = Terms And conditions

For Firefox


Shift + Alt + above given number

Sunday, August 6, 2017

श्रावण महिनामा गर्ने पवित्र कार्यहरु

श्रावण महिनामा गर्ने पवित्र कार्यहरु 


नियममा  रहेर बेलुका मात्र भोजन गर्ने
ब्रम्हचर्याको पालना गर्ने
शिवलाई पन्चामृतले अभिषेक गर्ने
शिवलाई वेलपत्र ,फूल , फल अर्पण गर्ने
दिनहिनलाई भोजन गराउने
आफ्नो प्रिय वस्तु त्याग्ने
मांसहार त्याग गर्ने
शिव स्वयं गृहस्थ हुनाले यि सबै कार्य गृहस्थी मै बसेर गर्न सकिन्छ। 


Saturday, August 5, 2017

शिवलाई किन श्रावण महिना प्रिय छ ?

शिवलाई किन श्रावण महिना प्रिय छ ?



भगवान शङ्करको प्रिय दिन महा शिवरात्री ,त्यसपछि श्रावण महिनाको सोमवार ,प्रत्येक महिनाको शिवरात्री अनि हरेक महिनाको सोमवार हुन्। श्रावण महिना भक्तिको अविरल धारा हो। हरहर महादेव , बोलबम ,बमबम भोले जस्ता भक्ति सूचक वचनले वातावरण प्रतिध्वनित हुन्छ। जसले कष्ट निवारण गरेर मनोवाञ्छित फल प्रदान गर्दछ। 

शिवलाई श्रावण महिना अधिक प्रिय छ किनकि यस समयमा वातावरणमा जलको अधिकता हुन्छ। चन्द्रमा जलतत्वको अधिपति ग्रह पनि हो। जो भगवानको मस्तकमा शोभित छ। ओम् नम शिवाय महा मृत्युंजय मन्त्र श्रावण महिनामा गर्नाले भय - रोग- कष्ट - दरिद्रताबाट टाढा रहि दीर्घायूको प्राप्ती हुन्छ / 
श्रावण महिनामा धेरै पवित्र धर्मकर्मका तिथिहरु छन् :
मंगला गैरी
नाग पंचमी
कामदेव पूजा
संकट चतुर्दशी
पुत्रदा एकादशी
दुर्वा अष्टमी
ऒँसी
पूर्णिमा ( रक्षा वन्धन )
स्वाध्याय दिवस
हरियाली पर्व 
आदि

एकपटक सनत् कुमारले भगवान शिवलाई उनको प्रिय महिना कुन हो भनेर सोध्नु भयो / भगवानले १२ महिनामा आफुलाई श्रवण नक्षत्रको योग भएको श्रावण महिना अत्यन्त प्रिय रहेको कुरा बताउनु भयो / श्रवण नक्षत्रको योग हुने भएकाले नै यस महिनाको नाम श्रावण रहन गएको हो / यस महिनाका हरेक तिथिमा भिन्ना भिन्नै देवदेवीको पूजा हुन्छ / मौषम नै श्रवणीय हुन्छ / जस्तै : मेघ , वर्षा , विजुली / यसै महिनाको श्रवणबाट दक्षप्रजापतिको यज्ञमा देह त्याग गरेकी सतिले पार्वतीको रुपमा पुन: जन्मिएर शिवलाई पतिको रुपमा पाएकी थिइन / यस कारण शिवलाई यो मास अति प्रिय छ /

शिव कल्याणका देवता हुन् / यो मास शिवत्वको मास पनि हो / शिवत्वको अर्थ आफुले कष्ट सहेर अरुलाई सुख दिनु हो / यसै मासमा समुन्द्र मन्थन भएको विश्वास गरिन्छ / कालकूट विष पान गरेर शिवले संसारलाई प्रलय हुनबाट जोगाउनु भएको थियो / अत: यो महिना हर तरहबाट कल्याणकारी मानिन्छ / 

श्रावणको सोमवारमा शिव पूजा पवित्र मानिन्छ / सोमको अर्थ चन्द्रमा हो जो शिवको मस्तकमा सुशोभित छ / चन्द्र ग्रह सौम्य, उदार र शितलताको प्रतिक हो /

श्रावण महिना दानको महिना पनि हो किनकि सूर्यले पृथ्वीबाट थोरै रस लिएर अविरल वर्षा गराउँछ / अत: यो मासको थोरै दानबाट पनि धेरै पुण्य मिल्दछ /




Friday, August 4, 2017

के हो तिम्रो नाम



के हो तिम्रो नाम सानी कुन हो तिम्रो गाउँ 

दुई चार दिन हामीसँगै सहर घुम्न जाउँ 

अल्लारे त्यो मनको हुन्न केही भर 

माया प्रीति साट्नलाई किन मान्नु डर 

जाने भए हामीसँग अलि वर सर 

हामी हौँ भला मान्छे थोरै विचार गर 


हाम्रो कुरा नमान्नाले पछुताउनु पर्ला 

एक्लै रुने प्रेमरोग तिमीलाई लाग्ला 

हाम्रो कुरा माने देखि तिम्रो भलो होला 

हामीसँगै जाने भए बाटो लाग्नु पर्ला 

                                                         ४ अप्रिल , २००२ 

Saturday, July 29, 2017

श्रावण शुक्ल पूर्णिमा (रक्षा बन्धन /जनै पूर्णिमा )





श्रावण शुक्ल पूर्णिमा (रक्षा बन्धन /जनै पूर्णिमा )




येन वद्धो बलिराजा दानवेन्द्रो महाबल :/
तेन त्वाममिवक्षामी रक्षमा  चलमा चल // (महाभारत ,उत्तर पर्व १३७ /२०) 


श्रावण शुक्ल पूर्णिमाको तिथिलाई श्रावण पूर्णिमा अर्थात् रक्षाबन्धन (जनै पूर्णिमा ) भनिन्छ। यस दिन प्रात कालमा उठेर नित्यकर्म गरेर स्नान गर्ने ,निर्मल जलले देवता र पितृलाई तर्पण दिने ,वेदोक्त ऋषीलाई पनि तर्पण गर्ने ,श्राद्ध गर्ने ,अपरान्ह कालमा कपास वा रेशमको वस्त्रमा अक्षता ,सुन ,सर्स्युं ,दुवो ,चन्दन आदि राखेर पोटलिका बनाउने र तामाको पात्रमा राखेर प्रतिष्ठित गर्ने ,आँगनमा गोबरले लिपेर बस्ने। अनि मङ्गल ध्वनि गर्दै दाहिने हातमा पुरोहित द्वारा उक्त पोटलिका बाँध्ने। वस्त्र भोजन दक्षिणा आदि दिएर व्राम्हणलाई सन्तुष्ट पार्नुपर्छ। यसले वर्ष भरि विजय , सुख , पुत्र ,आरोग्य , धन सबै कुरा प्राप्त हुने विश्वास गरिन्छ। 


प्राचीन कथा 


प्राचीन कालमा देवासुर सङ्ग्राममा दानवहरु पराजीत भए। दु:खी भएका दानवहरु दैत्यराज वलिका साथ दानव गुरु शुक्राचार्यको पासमा गए। आफ्नो पराजयको सबै वृतान्त गुरुलाई निवेदन गरे। दानवका कुरा सुनेर शुक्राचार्य भन्नु हुन्छ ,यो विषयमा अहिले विवाद गर्नु व्यर्थ छ। समय चक्रले हारजीत गराउँछ। यो वर्ष तिमीहरु देवराज इन्द्रसँग सन्धि गर किनकि इन्द्रकी पत्नी शचिले इन्द्रलाई रक्षासूत्र बाँधिदिएकि  छिन्। त्यसैले देवताहरु अजेय भएका छन्। एक वर्षसम्म प्रतीक्षा गर। त्यस पछि तिमीहरुको कल्याण हुनेछ। दानवहरुले आफ्ना गुरुको वचनको पालना गरे। 

रक्षाबन्धनमा विलक्षण प्रभाव हुन्छ। यसले वर्षभरिनै विजय , सुख , पुत्र ,आरोग्य , धन सबै कुरा प्राप्त गराउँछ। 






श्रावण महिनामा किन शिवलिङ्गमा जल चढाईन्छ ?




श्रावण महिनामा किन शिवलिङ्गमा जल चढाईन्छ ?

वैदिक कालमा समुन्द्र मन्थन यसै महिनामा भएको थियो। समुन्द्र मन्थन गर्दा क्षीर सागरमा मन्दराचल पर्वतलाई मदानी , शेष नागको नेती बनाईएको थियो। मन्दराचल पर्वतलाई भगवान विष्णुले आफ्नो तिघ्रामा दुवै हातले समातेर अड्याउनु भएको थियो। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरु निस्किएका थिए। देवी लक्ष्मी पनि समुन्द्र मन्थनबाटै निस्किएकी थिइन्। जसलाई विष्णु भगवानले अर्धाङ्गिनि बनाउनु भयो। त्यस्तै अमृत लगायत थुप्रै वस्तु निस्किएका थिए। ति सबै वस्तु देव दानवहरुले आपसमा बाँडेर लिए। जब कालकुट बिष निस्कियो ,देव दानवमा हाहाकार मच्चियो। दुवै पक्ष लिन तयार भएनन्। बिषले संसार संकटमा पर्ने भयो। सबैले देवाधीदेव महादेवको आराधना गरे। आशुतोष भगवान प्रसन्न भएर कालकुट बिष लिन तयार हुनु भयो। संसारलाई बचाउन भगवानले विषलाई आफ्नो कण्ठमा धारण गर्नु भयो। विषका प्रभावले भगवानको कण्ठ निलो भयो। त्यसैले निलकन्ठ नाम रहन गयो। कालकुट विषले भगवानलाई पोल्न थाल्यो। सबै देवता मिलेर भगवानको शिरबाट जलको धारा बगाउँदै पूजा गर्न थाले। बिषको दाहबाट शितलता दिन यसै समय देखि शिवलिङ्गमा श्रावण महिना भरि बोलबम भन्दै जल चढाइन्छ। यो महिनामा विशेष गरि रुद्री गरेर भगवानलाई जलधाराले स्नान गराउने प्रचलन पनि छ। यो मासमा शिवलाई जलको अभिषेक गराउँदा उत्तमोत्तम फल प्राप्त हुन्छ।  

साभार पुराण 

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...