Wednesday, August 17, 2011

भिडमा




भिडमा मेरो…

भिडमा मेरो हात समाउनेलाई
सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई

सम्झना माया उनकै मुटुभरि
भुल्न सकिन मैले उनलाई कसैगरी
अनायासै मेरो मनमा माया जगाउनेलाई
प्यार सदा मेरो आँखामा छाया बनी आउनेलाई

कहाँ उनकै यादमा
शायद ओझेल परे उनको आँखामा
पलभर मै मेरो आँखामा सपना ल्याउनेलाई
मंगलकामना मेरो दिलको धड्कन वढाउनेलाई

मिलन थियो हाम्रो पलभरको यादगार छ भयो जीवनभरको
तस्वीरभै मेरो दिलमा समाउनेलाई
आशिश लाख मेरो मुटुभरि प्यार बनी छउनेलाई
                                                                                                                     समर्पण            
   बिकास दँगाल





Sunday, August 7, 2011

फुल्दै थियो जवानीको फुल


कविता

फुल्दै थियो जवानीको फुल आँखा भित्र
तिनै आँखा जुधिदिए तिम्रा आँखा सित

बादलको घुम्टो हालि जुनसँग खेल्थेँ
मायालुका मायालाइ सँगालेर राख्थेँ
चढ्दै थियो जवानीको रंग तनभित्र
त्यहि तन बसिदियो तिम्रो मन भित्र

तड्पि हिड्थें सधैं सधैं माया पाउने आशमा
सबै इच्छा भाग्न खोज्थे खेल्न तिम्रो साथमा
फुल्दै थियो जवानीको फुल आँखा भित्र
तिनै आँखा जुधिदिए तिम्रा आँखा सित

Thursday, August 4, 2011

कविता (अभागी भन्छन्)



अभागी भन्छन् अबला भन्छन् मानिस यि सारा

अभागी बनि किन म जन्मे आमाको कोखबाट



संसारको रित यस्तै छ यहाँ पाइन्न खुशीले

पाइला बढाइ हिड्छु म भने पाउँदिन नारीले

रोक्दिन्छन् सारा यि पाइला मेरा अबला ठानेर

अभागी बनि किन म जन्मे आमाको कोखबाट


बालापन बित्यो जवानी चढ्यो मन भयो वैरागी

नौ डाँडा पारी विदा दिए पराय घर छानी

बस्नलाई मैले पाइन आफ्नो माइति घर भनेर

अभागी बनि किन म जन्मे आमाको कोखबाट



कविता ( सम्हाल तिम्रो जवानीको )



                    सम्हाल तिम्रो जवानीको ……. 



सम्हाल तिम्रो जवानीको प्यालालाई जताततै पोखिन सक्छ 
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ दिउसै डाका लाग्न सक्छ 

कालिगढ़ले सम्पूर्ण कलाकारिता तिमीमै पोखिदिए जस्तो 
तिम्रो सौन्दर्यको  सामु जूनतारा पनि झुकिदिए जस्तो 
शिवजीको तेस्रो नेत्र तिमीलाई हेर्न खुलेको होकी 
सम्पूर्ण ब्रम्हाण्ड तिमीलाई नै  केन्द्र मान्दै छकी 

लुकाऊ तिम्रा नयन कुसुमलाई असमय मै चुडिन सक्छ 
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ हर समय चोर लाग्न सक्छ 

इन्द्रधनुष को सातै रङ्गले तिमीलाई रंगाईदिए जस्तो 
तिमीलाई सिङ्गार्न वसन्त वहार नै जुटिदिए जस्तो 
कोइली पनि "को हो" भनि तिमीलाई सोध्दै छकी 
स्वयंभुका आँखाले तिमीलाई नै निहारेको होकी 

छिपाउ घुम्टोमा चेहरालाई कसैको आँखा लाग्न सक्छ 
जोगाउ अधरका मृदु मुस्कानलाई यहाँ दिन दहाडै डाका  लाग्न सक्छ












Tuesday, August 2, 2011

कविता (बाटो कुर्न )












बाटो कुर्न छोडिदेऊ / मैले हिड्न छाडिसकें 
सपना देख्न छोडिदेऊ / म ओझेल परिसकें 
यतिमात्र होइन म पराय भैसकें 
बिरानो  संघारमा उभीइसकें 

यो नसम्झ मैले  धोका दिएँ 
बाटो मोडेर  बिरानो भएँ 
छामिहेर छाती ढुकढुकिमा  मलाई पाउनेछौ 
फर्किहेर पछि उज्यालोमा छायाँ मलाई पाउनेछौ 

विश्वास गर्न छोडिदेऊ / मैले विश्वास घात गरिसकें 
नजिक  देख्न छोडिदेऊ / म टाढा भइसकें 
यतिमात्र होइन म अर्कैकी भैसकें 
परायको आँगनमा  पुगीसकें 

यो नसम्झ निष्ठुरीले माया मारी 
तिम्रो जीन्दगी जलाएर पराय भई 
खोजिहेर मेरो नजरमा तिम्रो तस्विर भेट्नेछौ 
कसम मायाको मेरो जिन्दगी  नै तिम्रो छाया पाउनेछौ 

बाटो निहाल्न  छोडिदेऊ / मैले घुम्ती पार गरिसकें  
अतीत संगाल्न  छोडिदेऊ / म आँखामा ओझेल परिसकें 
यतिमात्र होइन म तिम्रो नजरबाट हराइसकें 
टाढाको संसारमा रमाइसकें 

आवाज उठाऊं (नारी दिवस विशेष )














आवाज उठाउं साथि हो आवाज उठाउं
                                    अन्याय र अत्याचारको विरोधमा 
दमन र शोषणको विरोधमा 
                                     आवाज उठाउं


यहाँ हजारौँ नारी अन्यायको जाँतोमा पिसिईरहेछन 
अत्याचार सहँदा सहँदा पुऱीइरहेछन 
तिमि पनि त त्यही नारी हौ 
                                         आउ हातमा हात मिलाऊँ 
स्वरमा स्वर मिलाऊँ
नारी स्वतन्त्रता र अधिकार प्राप्तिको निमित्त आवाज उठाउं


अन्यायीले अन्याय गर्छ - त्यो पाप हो 
तर मुक भै अन्याय हेर्नु सहनु महापाप हो 
दमन गर्नेले दमन गर्छ 
                            त्यो बस अत्याचार हो 
आँखा चिम्लिएर सहनी त्यो घोरपापी  हो 

त्यसैले , 
          काँधमा काँध मिलाऊँ 
मेची काली एक जुट बनौं 
                                  नारी मुक्तिको निम्ति आवाज उठाउं


नारी स्वतन्त्रता र समानता कोरा कागजमा लिखित  छन् 
मंचको भाषण र मुखमा सिमित छन्
गराइ र व्यवहारमा कहिल्यै नवीनता आउंदैन 
अत्याचार गर्निले गरिरहेछ थिचिनी थिचिइ रहेछन 
आज पनि उही पाषाण युगको नीति र सभ्यता  छ 
उही सत्य द्वापर युगको कानून छ
कसैले बुझ्दैन यो कलि युगको एक्काइसौं शताब्दी हो 
त्यसैले  त नारी पर्खालको घेरा भित्र बन्दी छे
 तिमीले त्यो  पर्खाल भत्काउनु छ 

अत 
      हातमा हात मिलाऊँ काँधमा काँध मिलाऊँ 
      स्वरमा स्वर मिलाऊँ
      आफ्नो हक सुरक्षा र आत्म सम्मानको निम्ति आवाज उठाउं


एउटा घरको चार दिवार भित्र मात्रै उसको संसार सिमित छ 
बस् त्यहि भित्तामा उसका सपना विपनाका चित्र कुँदिएका छन् 
तर ति सपनाले फुल्न पाउदैनन 
विपनाले हास्न पाउदैनन 
किनकि पर्खालको चारघेरा  भित्र उ कैद गरिएकिछे 
मानौ उसले अनगिन्ति जुल्म - गुनाह गरेकिछे 
त्यसैले त जन्म कैदको सजायँ भोग्दै छे 
आफु  जननी भएर आफ्नै सन्तानबाट 

त्यसैले ,
         उठौँ जागौं साथी हो मेची -काली एक बनौँ 
         दुराचारीको बलियो बन्धन चुडाली 
         स्वतन्त्र बन्न आवाज उठाउं
                                               आवाज उठाउं। 

Sunday, July 31, 2011

आँशुले भिज्यो






आँशुले भिज्यो चोली मेरो तिमीलाई सम्झेर 
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर 

सुखको आशमा बिरानो देशमा दुख पो पायौ  कि 
भोक र प्यास न गास बास आँशु पो पियौ  कि 
                                प्यारा आँशु पो पियौ  कि 

आंधी है चल्छ यो मेरो मनमा तिम्रै हाल सम्झेर 
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर

लाला  र बाला यी बूढा बाबा तिमीलाई खोज्दै छन् 
पल भरको खुशी चाहिन्न तिनलाई तिम्रै प्यार खोज्दै छन्
                                        प्यारा तिम्रै साथ खोज्दै छन्

यो मेरो मन जल्दछ रोजै तिमीलाई सम्झेर
परदेशी प्यारा सम्झेर घर आऊ चांडै फर्केर 

नहेर मलाई



नहेर मलाई मा फूल होइन शरदमा फूलेको 
म गुडिया  हुँ 
हातमा नाच्दा नाच्दै नजरबाट गिरेको 

चारै तिर माया बाँडदा हजार धोका खाएकी छु 
पैसा पैसामा खरिईदा सबैबाट बदनाम कमाएकी छु 
आशा नदेखाउ क्षणिक खुशीको 
म त बेदनाको विष पिउदै छु 

सडकमा खेल्दा खेल्दा अनगिन्ति ठक्कर सहेकी छु 
मूल्य मुल्यमा लिलामित हुँदा मूल्य नै गुमाएकी छु 
रोशनी नदेखाऊ सुन्दर  जीवनको 
म त निशामा रमिरहेकी  छु 







म काँटी हुँ














म काँटी हुँ सलाईको जल्न सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु


हाँसो नदेऊ मलाई हाँस्न जानेकी छैन मैले
खुशी नदेऊ अंजुली भरि समेट्न जानेकी छैन मैले
पिडा देऊ जीवन भरि पिडा मै बाँच्न जानेकी छु मैले
काँडा देऊ बाटो भरि काँडा मै हिड्न जानेकी छु मैले


म पानी हुँ घटाको पोखिन सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु


निंद भरि सपना नदेऊ रम्न भुलिसके मैले
मीठो मिलनको आभास नदेऊ पलपल तड्पिएर जीउन जानेकी छु मैले
आँशुको सागर देऊ जीवन भरि पौडिन जानेकी छु मैले
काँडा देऊ जीवन भरि काँडा मै हिड्न जानेकी छु मैले


म वृद्ध वट वृक्ष हुँ चौतारीको ढल्न सक्छु
म आँशु हुँ पिडाको खस्न सक्छु





फागु पूर्णिमा





















कहीं पानी कहिँ रङ्गको वर्षा
आयो आँगनीमा होलीको पर्व

भुलौँ आज एकै छिन रिस अनि राग
बाँडौ  सद्भाव र भाइचाराको भाव
होलिका सात रङ्ग खुशीका सात रङ्ग झैँ
खेलौँ होलि आफ्ना पराय एक भै

कतै माया कतै विश्वासको वर्षा
आयो रङ्गहरुको रङ्गिन पर्व

इन्द्रधनुषको रङ्ग अनुहार मै उतारौं
मनमुटाव र द्वेषभाव टाढै राखौं
रङ्गिन पानीका फोहरामा तन भिजाई
खेलौं होलि आपसी विश्वास बढाई

कहीं खुशी कहिँ सुखको वर्षा
आयो रङ्ग र पानीको पर्व

पुतली झैं रङ्गीविरङ्गी भेषमा
शान्ति र खुशी छरौं आँगनी अनि देशमा
रङ्ग पानीमा सबको तनमन रंगाई
जोगाउँ संस्कृति रङ्ग पानी वर्षाई


कतै  पानी कतै  रङ्गको वर्षा
आयो आँगनीमा फागुको पर्व

Tuesday, July 26, 2011

झुक्किएँ म त



झुक्किएँ म त तिम्रो त्यो मोहनी मुहार देखेर
धर्तीमा ओर्लिएकी स्वर्गकी परी नै हौकि भनेर


वदन तिम्रो सिङ्गमरमरको महल
तिमी आफैँ एक सुरमयी गजल
केश तिम्रो सावनको बादल
तिमी स्वयं सुवर्णमयी आँचल
हेरिरहुँ लाग्ने सानासाना आँखा
"मीनाक्षी ''भनि तिमीलाई बोलाउँदा के होला ?


झुक्किएँ म त तिम्रो त्यो झिलिमिली घुम्टो देखेर
जमिनमा झरेकी आकाशकी जूनै हौकि भनेर


बोली तिम्रो मधुर गीत
तिमी स्वयं एक प्रीत
सृंगार तिम्रो बिहानीको शीत
तिमी आफैँ आभाकी मीत
मोहनी लगाउने सुरिलो सुरिलो भाका
"कोइली ''भनि तिमीलाई बोलाउँदा के होला ?


झुक्किएँ म त तिम्रो त्यो नौलो नृत्य देखेर
धरामा खसेकी इन्द्रलोककी उर्वशी नै हौकि भनेर


समर्पण
    स्मृती थापा       

Monday, July 25, 2011

धेरै गरेँ इशारा



धेरै गरेँ इशारा नबुझेर होकि पुग्छौ पल्लो छेउ  
सधैँ कति तर्की हिड्छौ एकैछिन भ 'पनि सँगै बसिदेउ


अधर खुलेनन् त के भो तिम्रो चेहेरा पढिसकें 
तिमी सिर्फ एक कदम अगाडि बढ मैले सारा दूरी पार गरिसकें 
अब कति नै दूरी बाँकी रह्यो र तिम्रो मेरो छेउ 
एक्लै धेरै बाटो काटें मात्र चार पाइला सँगै हिडिदेउ 


तिम्रो यो मौन परीक्षा शायद होला मलाई जलाउन 
गाह्रो पर्ला फेरी यात्रा सकिएपछि फर्काउन 
तिम्रो स्वीकृतिको फासला बाँकी छ हातमा हात लेउ 
किन आफुले आफुलाई नै छल्छौ नजरमा नजर मिलाइदेउ 



समर्पण 

उपेन्द्र नन्दन तिमिल्सिना 









        

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...