Wednesday, March 8, 2017

वास्तु सम्बन्धि केही कुरा (गृह निर्माण सम्बन्धि )







आफ्नो घरको वस्तु कति मिलेको छ आफैँ विचार गर्नुहोस्। घर किन्दै हुनुहुन्छ या बनाउदै हुनुहुन्छ? यहाँ प्रस्तुत गरिएका कुराहरुमा थोरै विचार गर्नुहोस। आफ्नो भाग्य चम्काउनुहोस। यो घरमा  बसेदेखि यसो भ उसो भ भन्दै ज्योतिष धाउनु भन्दा अगाडिको कारण आफैँ पत्ता  लगाउनुहोस।

१ ) घर पूर्व  र उत्तर होचो तथा पश्चिम र दक्षिण अग्लो हुनु शुभ मानिन्छ। गृह स्वामीको उन्नति हुन्छ। दक्षिण दिशामा अग्लो घरले मानिसका सबै कामना पुरा गर्छ। (मत्स्यपुराण ,२५६ /४ )
दक्षिण अग्लो घरले धन वृद्धि तथा पश्चिम होचो घरले धन नाश गर्छ। 

२ ) घरको  चारै तिर तथा ढोकाको अगाडि जमिन छोड्नु शुभकर हुन्छ। पृष्ठ भाग दायाँ हुनु पर्छ। वायाँ विनाशकारी हुन्छ। 

 ३ ) सूर्यको प्रकाश र वायू प्रवेश नगर्ने घर शुभ मानिदैन। 

४ ) एउटै दिवारमा दुई घर बनाउनु अनिष्टकारी हुन्छ। गृहस्वामीको नाश गर्छ। 

५ ) कुनै बाटो या गल्लीको अन्तिम घर अशुभ हुन्छ। यस्तो घरमा बढी कष्ट उठाउनु पर्छ। 

६) पूर्वबाट पश्चिम तर्फ लामो घरलाई सुर्यवेधी तथा उत्तरबाट दक्षिण तर्फ लम्बिएको घरलाई चंद्रवेधी घर भनिन्छ। चंद्रवेधी घर उत्तम मनिन्छ। जसले धनको वृद्धि गर्छ। तर जलाशय सुर्यवेधी उत्तम मनिन्छ। सुर्यवेधी आगन पनि अमंगलकारी हुन्छ। 

७ ) घरको कुनै भागमा  अवश्य माटो राख्नुपर्छ। 

८) टुटे फुटेको घरमा वस्दा सुख मिल्दैन। 

९) घनिष्ठा , शतभिषा , पुर्वाभाद्रपद , उत्तरभाद्रापद  र रेवती नक्षत्र (पंचक ) मा घरको लागि काठ पात संग्रह , पलंग निर्माण , शैया निर्माण तथा छाना छाउनु हुन्न। 

१० ) नयाँ घरको ढोका टुटफुट भयो भने स्त्री संज्ञक वस्तु वा स्वयं स्त्रीको नाश हुन्छ। नयाँ घरको कुनै वस्तु फुट्यो ,झुक्यो वा फाट्यो भने कुटुम्बको मृत्यु हुन्छ। (नयाँ घर भन्नाले एक वर्ष सम्मलाई मात्र बुझाउँछ। )
११ ) घरमा टुटेफुटेका आसन , कुर्सी ,पलंग , वाहन (साइकल ,स्कूटर आदि ) राख्नु अशुभ फलदायी हुन्छ। 


भिन्न भाण्डं छ खटवां च कुक्कुटं शुनकं तथा। 
अप्रशस्तानि सर्वाणि  यश्च वृक्षो ग्रिहेरुह। 
भिन्नभाण्डे  कलीं ग्राहू खटवायां तु धन क्षय। 
कुक्कुटे शुनके चैव हविर्नाश्नन्ति देवता। 
वृक्षमूले धुर्व सत्तवं तस्माद वृक्षं न रोपयेत। 

(महाभारत , अनुशासन पर्व , १२७ अध्याय श्लॊक १५ -१६ )

घरमा टुटेफुटेका वर्तन , खाट , कुखुरा , कुकुर तथा वृक्ष रोप्नु शुभकर मानिदैन। टुटेफुटेका वर्तनमा कलिको निवास हुन्छ। टुटेको खाट घरमा राख्दा धन नाश हुन्छ। कुखुरा र कुकुर भएको घरको हविष्य देवताले ग्रहण गर्दैनन्। रुखको जरा तथा फेदमा बिच्छी सर्प जस्ता जन्तु वस्ने हुनाले घरमा रुख पनि रोप्नु हुदैन। 

Saturday, March 4, 2017

फाल्गुण पूर्णिमा ( होलि विशेष )



नेपाल र भारतमा उल्लास पूर्वक मनाइने रंग र पानीको पर्व होली हो। हिन्दु पञ्चाङ्ग अनुसार फाल्गुन महिनाको पूर्णिमामा  यो पर्व मनाइन्छ। यस दिनमा मनाइए पनि  यसको सुरुवात भने बसन्त पंचमी देखि नै भएको मानिन्छ। बसन्त ऋतुमा मनाइने हुनाले यसलाई  बसन्त उत्सब वा कामोत्सब पनि भन्ने गरिन्छ। हिन्दु धर्म शास्त्र नारद पुराण र भविष्य पुराणमा होलीको वर्णन गरिएको पाइन्छ। ज्योतिष शास्त्र अनुसार होली पछि चैत्र महिनाको आरम्भ हुन्छ। साथै चैत्र कृष्ण  प्रतिपदाबाट नवबर्ष वा नया सम्बत्सरको सुरुवात हुन्छ। अतः नव संवतको आरम्भ तथा वसन्त आगमनको प्रतीकको रुपमा यो पर्व मनाइन्छ। यसै दिन प्रथम मानव मनुको जन्म भएको हुनाले मन्वादि तिथि पनि  भनिन्छ। 

होलीसँग जोडिएका कथाहरु 



शिव पुराण अनुसार , सतिको मृत्यु पछि शिव तपश्यामा लीन हुनुभयो। यता तारकासुरको अन्त्य गर्न शिव - पार्वतीको विवाह अनिवार्य थियो। शिवालाई  वरण  गर्न पार्वती पनि तपश्या गर्न लाग्नुभयो। उता इन्द्रले कामदेबलाई शिवको तपश्या  गर्न पठाए। शिवाजी क्रोधित भएर कामदेवलाई भस्म गरिदिनु भयो। देवताहरुले तप भंग भएपछि शिवाजीलाई विवाहको लागि राजी गराए। यसरी कामको भावनालाई जलाएर सच्चा प्रेमको विजयको रुपमा उत्सव मनाउने परंपराको थालनी भयो। होलिका अघिल्ला आठ दिनलाई होलाष्टक भनिन्छ। यी आठ दिन कुनैपनि शुभ कार्य गर्नुहुन्न भन्ने मान्यता रहि आएकोछ। 



महाभारत अनुसार , कंसले आफूलाई मार्न जन्मेको कृष्णलाई पहिचान्न नसकेपछि गोकुलमा जन्मेका सारा बा
लकहरुलाई मार्ने जिम्मा पूतना नामकी राक्षसीलाई  दियो। पूतना सुन्दर नारीको रूप बनाएर गोकुलमा  भर्खर जन्मेका बालकहरुलाई विष युक्त दूध चुसाउन थाली। यसै क्रममा बालक कृष्णले उसको प्राण लिइदिनुभयो। यो दिन फाल्गुन पूर्णिमाको दिन थियो। यसरी खराबको अंत र सच्चाईको जितको परटिक्का रुपमा होली पर्व मनौना थालियो। त्यस्तै राधाकृष्णको पवित्र प्रेमको उपलक्ष्यमा प्रेमोत्सवको रुपमा यो पर्व मनाउन थालियो। 








विष्णु पुराणका अनुसार ,  प्रल्हाद र होलिकाको कथा नसुन्ने शायदै होलान। हिरण्य कश्यपु आफ्नै विष्णु भक्त पुत्र देखि रिसाएर उसलाई मार्ने उपक्रम गरिरहेको थियो। यसैक्रममा उसले अग्निले जलाउन नसक्ने वर पाएकी बहिनी होलिकालाई प्रल्हादलाई लिएर अग्नि प्रवेश गर्न आदेश दियो। अग्निले होलिकालाई जलाएर भक्त प्रल्हादको रक्षा गरिदिए। होलिका राक्षसीको अंत र भक्त प्रल्हादको जीतको खुशीमा होली पर्व मनाउन थालिएको कथा यस पुराणमा उल्लेख गरिएको छ। 

भविष्य पुराणका अनुसार ,  सत्य युगमा रघु नाम गरेका प्रतापी राजा राज्य गर्दथे। ऊनि सबै प्रजालाई पुत्रवत व्यवहार गर्दथे। राज्यमा सबै तिर सुख शांति अमन चयन थियो। एकदिन अचानक राज्यमा कोलाहल मच्चियो। धुंदी नाम गरेकी राक्षसीले बालकहरुलाई दुःख दिन थालिछ। कारण  बुझ्दा उसले शिवजिलाई ख़ुशी पारेर अमर हुने वर मागिछ। शिवजीले तथास्तु  भनेर वर दिनुभएछ तर  बालकबाट भय हुनेछ भन्दै अंतर्ध्यान हुनुभएछ। यसै कारणले गर्दा त्यों राक्षसी बालकहरुलाई दुख दिने गर्दी रहिछ। वशिष्ट मुनिको सल्लाह अनुसार राक्षसीबाट छुटकारा पाउन फाल्गुन मासको शुक्ल पूर्णिमा तिथिको दिन सबै जना निडर भएर नाचगान हाँसखेल गरेर बालकहरुलाई काठको तरवार दिएर वीर सैनिक बनाएर आनंदका साथ उत्सव मनाए। सुकेका दाउरा   र पात पतिंगर एक ठाउँमा थुपारेर रक्षोघ्न मंत्रले  आगो बालेर हवन गर्दै ताली बजाउदै हास्न  थाले। बालेको आगो सबैले तीन फेर परिक्रमा गरे। यसरी राक्षसीको भयबाट बालकहरुले मुक्ति पाए। यसलाई धुंदी उत्सब व अडाडा परंपरा पनि भनिन्छ। यसै दिन सबै दुष्ट आत्मा तथा रोग हरुलाई शांत पार्न वसोर्धारा होम पनि  गरिन्छ। यसै कारण  यस्लाई होलीका पनि भनिन्छ , संपूर्ण तिथिहरूको सार परम आनन्द दिने तिथि फाल्गुन पूर्णिमा हो। यो रात विशेष गरी बालकको रक्षा गर्नुपर्छ। 
जे होस होली सामाजिक सांस्कृतिक महत्व बोकेको हिन्दुहरुको चाड हो। रंग र पानीको उत्सव हो। होलिका रंगहरुले जीवनका पाटाहरुलाई रंगाउनु पर्दछ। साथै पानीले वैमनुष्यता , तिक्तता , ख़राब पक्षहरुलाई पखाल्नु पर्दछ। संस्कृतिलाई विकृतिले  होइन उल्लासले प्रेमले सदभावले मनाउनु पर्दछ। सबैलाई होलीको शुभकामना 


तिमी जाउ तिमी जाउ


 गीत



तिमी जाउ तिमी जाउ तिमी जाउ

मेरो नयनबाट धेरै टाढा

विश्वास घात गर्यौ तिमीले मलाई 

झुक्याएर आज 


तड्पिन्छ मन मेरो घरिघरि 

घुमिरहन्छ तिम्रो तस्विर नयन वरिपरि 

तर धोका दियौ तिमीले मलाई 

त्यसैले 

तिमी जाउ तिमी जाउ तिमी जाउ


जून तारासँग सधै जागा हुन्थ्यौ रातमा 

मायालुका मीठा गीत गाऊ भन्थ्यौ साथमा 

तर विश्वास घात गर्यौ तिमीले मलाई 

त्यसैले 

तिमी जाउ तिमी जाउ तिमी जाउ




Monday, February 27, 2017

सृष्टिकर्ता भगवान उमा महेश्वरको पहिलो सन्तान कार्तिकेय कुमारको जन्म सरोगेसीबाट

विश्वकै पहिली सरोगेट मदर गंगा

गर्भाधान र बच्चाको जन्म प्रकृतिको देन  हो। यो देनबाट बन्चित  निसन्तान दम्पतिको लागि सरोगेसी  वरदान मान्न सकिन्छ । यस्ता दम्पतिलाई सरोगेसीले संतान सुख दिन मद्दत गर्दछ। यस्ता दम्पतिको समस्या समाधानको सन्दर्भमा कृत्रिम गर्भाधानको विकास भएको हो। यसमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर विविध कारणबाट सन्तान जन्माउन असमर्थ मातापिताले संतानको ख़ुशी प्राप्त गर्न सक्छन। 

के हो सरोगेसी

कसैको कोख भाडामा लिएर बच्चा जन्माउनु वा कसैलाई कोख भाडामा दिएर बच्चा जन्माइदिने  विधिलाई सरोगेसी भनिन्छ। यो एक दम्पति र एक महिला बीचको सम्झौता हो , आर्थिक लाभ लिएर वा नलिकन बच्चा जन्माई दिने। बच्चा जन्माई दिने महिलाले आफ्नो सम्झौता अनुसार बच्चा जन्मे पछि अभिभावकलाई सुम्पिनु पर्दछ। हिजोआज सरोगेसी व्यवसायको रुपमा विकास भैसकेको छ।  

सरोगेसीका प्रकार

ट्रेडिशनल सरोगेसी                                                                                     

यसलाई आंशिक सरोगेसी पनी भनिन्छ। यस प्रकारको सरोगेसीमा सबभन्दा पहिले पिताको शुक्राणु प्राकृतिक वा कृत्रिम रुपमा सरोगेट आमाको अण्डाणुसंग निषेचित गरिन्छ। यो विधिमा बच्चाले  जेनेटिक  पिताको र सरोगेट आमाको  प्राप्त गर्दछ। यस बाहेक वीर्य अर्केको लिइएको छ भने जेनेटिक पिताको पनि हुदैन , सरोगेट आमाको मात्र हुन्छ। यसमा बच्चा जेनेटिक रुपमा सरोगेट माताको हुन्छ। 

जेस्टेशनल सरोगेसी 

यो प्रविधिलाई पूर्ण सरोगेसी भनिन्छ।अर्थात सरोगेट माताको जेनेटिक सम्बन्ध हुदैन। उनले बच्चालाई गर्भमा हुर्काउने काम मात्र गर्दछिन।यो प्रविधि  सन १९८६ ,एप्रिलमा सफल भएको थियो। In Vitro Fertilization (IVF) प्रविधिको प्रयोग गरिएको थियो।   यस प्रविधिमा जेनेटिक रुपमा  सरोगेट माताको कुनै सम्बन्ध हुदैन ।  बच्चालाई गर्भमा हुर्काउने काम मात्र सरोगेट आमाले गर्दछिन। यस प्रविधिका विविध रुपहरु हुन्छन्।

  • मातापिताको अण्ड र वीर्यको निषेचन , वंशाणु सम्बन्ध मातापिताको हुने। 
  • माताको अण्ड र डोनरको वीर्यको निषेचन,  वंशाणु सम्बन्ध माताको हुने। 
  • डोनरको अण्ड (सरोगटको होइन ) र पिताको वीर्यको निषेचन, वंशाणु सम्बन्ध पिताको हुने। 
  • डोनरको अण्ड (सरोगटको होइन ) र डोनरको वीर्यको निषेचन, वंशाणु सम्बन्ध नहुने।

सरोगेसीको आवश्यकता 

बारबार गर्भपतन भएमा 
आईभि एफ उपचार फेल भएमा 
गर्भमा कुनै विकृति भएमा 
गर्भाशयमा  कुनै विकार भएमा 
गर्भाशयको अभावमा 
महिलामा कुनै गम्भीर प्रकृतिको बिमारी भएमा आदि

सरोगेसीको इतिहास 

  • सन १९३0  -U .S  का फार्मेसी कम्पनीहरु Schering -Kahlbaum र Parke -Davis द्वारा Estrogen को अधिक उत्पादन  
  • सन १९४४- हार्वर्ड मेडिकल स्कूलका प्राध्यापक John Rock द्वारा गर्भ बाहिर निषेचन 
  • सन १९५३- अनुसन्धानकर्ता वीर्यको Cryopreservation गर्न सफल 
  • सन १९७१ - New York मा विश्वकै पहिलो वीर्य बैंकको सुरुवात  
  • सन १९७८  - Louise Brown विश्वकै पहिलो टेस्ट ट्यूब बच्चाको जन्म बेलायतमा (In Vitro Fertilization IVF प्रविधिको प्रयोग )  
  • सन १९८0  -Michigan  वकिल Noel Kean ले पहिलो  सरोगेसी सम्झौता पत्र तयार परेका थिए 
  • सन १९८५ -  जेस्टेशनल सरोगेसी प्रविधिबाट एक महिला गर्भवती 
  • हिजोआज सरोगेसी पर्यटनको विकास भइसकेको छ। 
  • परोपकारी भन्दा पनि कमर्सियल सरोगेसी बढिरहेकोछ। 

हिन्दु धार्मिक ग्रन्थमा सरोगेसी

हिन्दू धर्मग्रंथ संक्षिप्त  स्कन्ध महापुराण गोरखपुरबाट प्रकाशित माहेश्वरखंड , केदारखण्ड पृष्ठ ४६ देखि ६१ सम्मको कथामा सरोगेसीको छनक पाइन्छ। म त्यो कुरालाई छोटोमा उल्लेख गर्छु। नमुचिकेको पुत्र तारकासुरले ब्रम्हाबाट एक बालकले मात्र  मार्न  सक्ने वर  प्राप्त गर्दछ। यसको लागि सतिको बियोगमा तपश्यारत शिवलाई राजी गराइन्छ। विवाह पश्चात् शिव सुन्दर पुरुष बनेर सुकुमारी पार्वतीसँग गन्धमादन पर्वतको एकान्तमा रमण गर्नुहुन्छ। त्यसपछि रतिक्रीड़ा हुन्छ। वीर्य स्खलन हुन्छ। अग्नि सन्यासीको रूप  लिएर माग्न आउदा पार्वतीले वीर्य दिन्छिन। सप्तऋषिका पत्नीहरु अरुंधति बाहेकलाई अग्निले वीर्य दिन्छन। पतिका डरले उनीहरुले त्यसलाई हिमालय पर्वतको शिखरमा राखिदिन्छन।  त्यसलाई गंगाले धारण  गर्छिन। छ वटी महिलाको अण्डासँग निषेचित वीर्यलाई गंगाको गर्भमा प्रत्यारोपण गरिएको हुनाले बालक छ मुखे जन्मिन्छ।  हेर्दा  कार्तिकेय कुमार पूर्ण सरोगेसीबाट जन्मिएका देखिन्छन। पार्वती विवाहको समयमा सानै थिइन -आठ बर्षकी उनीबाट सन्तान हुन सम्भव भएन। शिवको वीर्यलाई सप्तऋषिका पत्नीको अण्डसँग निषेचित गर्ने काम अग्निले गर्छन। Cryopreservation गरेर हिमालयमा राखियो अनि गंगाको गर्भमा स्थापित गरियो। ६ वटी आमा र शिवको बंशाणुलाई प्रतीकात्मक रुपमा बुझ्दा ६मुख भनिएको हो की ? सरोगेसीको परिभाषा भित्र गंगा परिनन त ? कार्तिकेय कुमारलाई शिवपार्वतीले अपनाउछन। उनले तारकासुरको संहार गर्छन। 

यसबाट अझ खोजी गर्ने बाटो  खुल्छ। बंशाणुबाट पनि राम्रो राम्रो छानेर छुट्याउन सकिने रहेछ। तिनै राम्रा  गुणहरुबाट निषेचित गरेर सर्वगुण सम्पन्न बालक जन्माउन सकिने रहेछ। 

अर्को सरोगेट आमा रोहिणीलाई लिन  सकिन्छ। यो कुरा महाभारतमा पढ्न  पाइन्छ। देवकीका सन्तान कंसले मार्दै जांदा सातौ गर्भ बलरामलाई रोहिणीले धारण गर्छिन। कसरी के उल्लेख त छैन। तर पनि यसको संभावना सरोगेसीमा नै भेटिन्छ। सरोगेसीको इतिहास यो हो कि माथि उल्लेख गरेको हो त ?

वास्तबमा गँगा नै पहिली सरोगेट आमा हुन। 

Wednesday, February 22, 2017

शिवरात्री विशेष

शिवरात्री महिमा 














देवादिदेव महादेवको अतिप्रिय रात्री शिवरात्रीको वर्णन गर्ने प्रयास गर्दछु। यसकोलागि मैले स्कन्ध ,शिव र गरुड़ पुराणको सहायता लिएको छु। शिवरात्रीको व्रतलाई प्रष्टपार्न  यि  तीनवटा ग्रन्थमा बेग्ला-बेग्लै कथाको सहायता लिइएको छ। ति कथा प्रस्तुत गर्नु अगाडि स्कन्ध पुराणको माहेश्वरखण्ड  ,केदारखण्डमा प्रस्तुत अन्य कुराहरु
                                                                      

                                                                         काल गणना 


साठी निमेषको एक पल 
साठी पलको एक घडी 
साठी घडीको एक दिन 
पन्ध्र दिन रातको एक पक्ष 
 दुइ  पक्षको एक महिना 
दुइ महिनाको एक ऋतु 
छ ऋतु /बाह्र महिनाको एक बर्ष 

प्रतिपदादेखि पूर्णमाससम्म  काल/पक्ष  पुरा  हुन्छ। उसदिन पक्ष पूर्ण हुने हुनाले पूर्णिमा भनिन्छ। जुन तिथिमा पूर्ण चन्द्रमा देखिन्छ त्यो पूर्णमास हुन्छ। त्यों तिथि देवतालाई प्रिय हुन्छ। जुन तिथिमा चन्द्रमा लुप्त हुन्छन्, त्यस तिथिलाई अमावश्य/औसी भनिन्छ। यो समय अग्नि र पितृलाई प्रिय हुन्छ। यी तिस दिन पुण्य कालले युक्त्त हुन्छन। यिनमा हुने विशेषता तल  वर्णन गरिन्छ। व्यतिपात योग ,श्रवण नक्षत्र ,अमावश्य र  पूर्णिमा तिथि तथा सक्रान्ति दान कर्ममा पवित्र हुन्छन। 

 कुन तिथि कुन देवताको प्रिय ?

शङ्कर --------------- अष्टमी 
गणेश -------------- चतुर्थी
नागराज ------------ पंचमी 
कार्तिकेय कुमार -------------षष्ठी 
सूर्य ----------------- सप्तमी 
दुर्गा ----------------नवमी 
ब्रम्हा --------------दशमी 
रुद्र --------------- एकादशी 
विष्णु ---------------द्वादशी 
कामदेव ------------त्रयोदशी 
शङ्कर ------------- चतुर्दशी (अति प्रिय )

कृष्णपक्षको चतुर्दशी अर्धरात्रि सबै भन्दा उत्तम रात्री मानिन्छ। यो नै शिवजीको प्रिय रात्रि शिवरात्री हो। यो रातमा  शिव उपासना गर्नाले मनुष्यले उत्तम गति प्राप्त गर्दछ। सबै पापहरुको  नास गर्दछ। 

                                                  एउटा प्राचिन कथा 

पूर्व कालमा एउटी विधवा ब्राम्हणि थिइन् । उनी चन्चल  स्वभावकि थिइन्।  कामवासनाले आसक्त भएर कुनै चण्डालसँग सम्बन्ध राख्न  पुगिन। चण्डालको  संसर्गबाट दुस्यद नामको पुत्र पैदाभयो। त्यो बालक दुष्ट प्रवृतिको थियो। धर्म विपरित काम गर्दथ्यो।  एक दिन कुनै खराब मनसायले शिवालायमा गयो। त्यो रात शिवरात्रि रहेछ। त्यो रात उसले केहि खान पाएन ,केहि गर्न पनि पाएन। त्यहाँ  भइरहेको शिव कथा सुन्यो लिङ्ग रुप भगवानको दर्सन गर्यो  अन्जानमै उपवास पुर्वक उसको शिवरात्रिको ब्रत पुरा भयो। शिवरात्रिमा जागै रहेको पुण्य फलका प्रभावले पुण्य योनि प्राप्त गर्यो। वर्षौ सम्म पुण्यात्माको  लोकमा  सुखभोग गरेर बस्यो। 

त्यसपछि उ राजा चित्राङ्गद्को  छोरा  भएर जन्मियो। अघिल्लो जन्ममा गरेको शिवरात्रिको व्रतका प्रभावले उसमा उत्तम गुणहरु देखापरे। उ विचित्रविर्यको नामले प्रशिद्ध भयो। अत्यन्त सुन्दर थियो। राज्यसुख पाएर पनि   उसमा कुनै घमण्ड थिएन। शिवको परम भक्त थियो। धर्म अनुकुल राज्य संचालन गर्दथ्यो। शिव भक्तिबाट उसले ज्ञान प्राप्त गर्यो। मुक्ति प्राप्त गर्यो र शिव भक्तिमा लीनभै शिवसंगै  दिव्य  जन्म प्राप्त गर्यो। दक्षकन्या  सतिको वियोगमा जब शिवले फट्कारे त्यसबाट उत्पन्न वीरभद्र विचित्रविर्य नै थिए। जसले दक्षको  विनास गरे।  

सुख सम्वृधि र  ज्ञान प्राप्त गर्न सदाशिवको अर्चना गर्नुपर्छ।  भगवान शिवले  ज्ञानी अज्ञानी  दुबैलाई समान रुपले हेर्नुहुन्छ। शिवरात्रिको उपवासले उत्तम ज्ञान प्राप्त हुन्छ। ज्ञानले सबैलाई समभावले हेर्न सिकाउछ। यो 
संसारमा शिवरहित कुनै वस्तु छैन। यसरी नै शिवरात्रिको ब्रतका प्रभावले राजा भरत ,मान्धाता ,धुन्धुमार तथा हरिस्चन्द्रले सिद्दि प्राप्त गरे।(स्कंदपुराण,माहेश्वर खण्ड ,केदार खण्ड ) 

शिवरात्री व्रतकथा तथा व्रत विधान 

यो व्रत बस्नाले सबै अभिष्ट पुरा हुन्छन्। पूर्वकालमा स्वयम् शंकरले पार्वतीलाई यस व्रतको वर्णन गर्नुभएको थियो। माघ तथा फाल्गुन मासको मध्यमा जुन कृष्ण चतुर्दशी हुन्छ। उस तिथिमा उपवास वस्ने ,रातमा जागा  रहने र भगवान रुद्रको पुजा गर्नाले मुक्ति भुक्त्ति दुवै प्राप्त हुन्छ। 
धेरै समय अघिको कुरा हो। अर्बुद नामक देसमा सुन्दरसेन नाम गरेको पापात्मा निषाद राजा राज गर्दथे। एकदिन उ एउटा कुकूर लिएर जंगल तिर शिकार खेल्न गएछ। दुर्भाग्य उसले  त्यो दिन कुनै शिकार भेटेन। रातमा जंगलमै अल्मलियो। एउटा रुखको फेदमा बस्न पुग्यो। संयोगबस त्यहाँ उसले शिवलिङ्गको दर्शन गर्यो। रुखको पात शिवलिङ्गमा झर्न  गयो।  उसले शिवलिङ्ग सफा गर्यो। भोकै प्यासै रातभर शिवलिङ्गकै समिपमा जागै बस्यो। अन्जानमा नै उसको व्रत पूर्ण भयो। विहान घर गयो आफ्नी पत्निले दिएको भोजन गर्यो। यथासमयमा उसको निधन भयो। जब यमदुतहरुले यमपासमा बाँधेर यमलोक लान थाले शिव गणले युद्ध गरेर यमदुतबाट मुक्त गरे। कुकुर र निषाद राज देवाधिदेवको शरणमा पुर्याए । 

यसरी प्राणीले ज्ञान अज्ञानमा गरेको पुण्य अजय रहन्छ। उपासकले त्रयोदशी तिथिमा शिवको पुजा गरेर व्रतको  नियम पालना गर्दै यसरी प्रार्थना गर्नु पर्दछ।
प्रातर्देव चतुर्दश्यां जागरिश्याम्यहं निशि। 
 पुजां दानं तपो होमं करिश्याम्यत्पशक्तित।।
चतुर्दश्यां निराहारो भुक्त्वा शम्भो परे s हनी। 
मोक्ष्ये sहं भुक्तिमुक्त्यार्थ शरणम मे भवेश्वर। । 
(१२४ /१२ -१३ )

व्रतीले पन्चामृतले महादेवको स्नान गराएर 'ॐ नमो नम शिवाय ' मन्त्रले पुजा  गर्नु पर्दछ। चरुको आहुति अग्निमा दिएर पुर्णाहुती गर्ने। भजन गर्ने तथा सुन्ने। अर्धरात्रि ,तेस्रोप्रहर र चौथो प्रहरमा पुन पुजा गर्ने। प्रातकालमा यस प्रकार क्षमा प्रार्थना गर्ने। 

अविघ्नेन व्रतं देव त्वत्प्रसदान्मयार्चितम। 
क्षमस्य जगताम्  नाथ त्रैलोक्याधिपते हर।।
यन्मपाध्य कृतं पुण्यम् यद्रुदस्य निवेदितं। 
त्वात्प्रसादात्मया देव व्रत मद्य समापितम्। ।
(१२४ /१७ -१९ )

त्यसपछि भोजन गर्ने। छत्र र वस्त्र अर्पण गरेर स्तुति गर्ने। 

देवादिदेव भुतेश लोकानुग्रहकारक। ।
यन्मया श्रदया दत्तं प्रिवताम् तेनमे प्रभु। 
(१२४ /२० -२१ )

यसपछि व्रतिले द्वादश वार्षिक व्रतको संकल्प गर्नुपर्दछ। यसो गरेमा व्रतिको किर्ति बढ्छ ,लक्ष्मी ,पुत्र तथा राज्यादी सुख -वैभव प्राप्त भै शिवालोकको वास प्राप्त हुन्छ। उपसाकले बाह्रै महिना अनुष्ठानले व्रत पूर्ण गर्नुपर्छ। र ,द्वादश ब्राम्हणलाई  भोजन गराएर दीपदान गरेमा स्वर्गलोक प्राप्तहुन्छ। 
(१२४ अध्याय, गरुड पुराण ,आचारकाण्ड )

शिव पुराणमा गरुड पुराणकै जस्तो कथा छ। फरक भनेको निषाद राजको ठाउमा व्याधा भनिएको छ। साथै व्याधाले आश्रय लिएको रुख वेलको भनिएको छ। 


-इ ति -

Monday, February 6, 2017

कुन सन्तान चाहानुहुन्छ ?

कुन सन्तान चाहानुहुन्छ - छोरा या छोरी ?



कसैलाई छोरीको रहर हुन्छ त कसैलाई छोराको । कसैको रहर पुरा हुनसक्छ कसैको नहुन पनि सक्छ । यो जमानामा धेरै सन्तानको लालनपालन गर्न निकै गाह्रो छ । एउटा छोरी एउटा छोरा भए कती मज्जा हुने थियो । सानो परिवार सुखी परिवार 

हिन्दूहरुका धार्मिक पुस्तक गरुड पुराण र मनुस्मृतिमा भएका कुराहरुको उल्लेख गर्ने कोशीश गर्दछु । 

महिला\ स्त्रीहरुमा ऋ तुकाल हुने गर्दछ । रज देखिएको पहिलो दिनदेखी १६औ रातसम्मलाई ऋ तुकाल भनिन्छ । यि सोह्ररात्रीमा रजस्वला भएको जोर दिन पारेर सहवास गरेर जन्मिने सन्तान छोरा हुनेछ । सन्तान प्राप्त गर्न चाहने दम्पतीले पहिलो ४ दिन र सोह्रऔ रात्री पछी सहबास गर्न हुँदैन । साथै मघा र मूल नक्षत्रमा पनि सहवास गर्न बर्जित छ ।गरुड पुराण , आचारकाण्ड, गृहस्थधर्म) 

त्यस्तै अस्टमि, चतुर्दशी, औसी र पुर्णिमको रात्रीमा पनि सहवास गर्नहुँदैन । (मनुस्मृति-४|१५६)

छोराको चाहना हुनेहरुले जोर तिथिवाला रात्रीमा सहवास गर्नु पर्दछ । महिनावारीको पहिलो हप्ता छोडेर जोर तिथिको रात्रीमा सहवास गर्नाले पुत्रलाभ हुनेछ । स्त्रीको ऋ तुकाल सोह्ररातसम्म हुनेछ । १४औ रात्रीको गर्भबाट गुणवान्, भागयवान्, धनवान्, धर्मनिष्ठ पुत्रको जन्म हुनेछ । (गरुणपुराण्,द्वितिय खण्ड्,धर्मकाण्ड) 


८औ रात्रीको मध्यबाट मात्र महिलाको गर्भ रहन सुरु हुन्छ । महिनावारीको ५औ दिनबाट आमा बन्न चाहाने महिलाले कटु, अम्लयुक्त, तिक्ष्ण, गरिष्ठ, उष्ण भोजनको त्याग गर्नुपर्छ । मधुर र मीठो भोजन गर्नुपर्छ । भनिन्छ स्त्रीको कोख औषधी पात्र हो भने पुरुषको  बीज अमृत हो । अत दम्पतीले  क्रोधबाट बचेर मधुर तथा मृदु, शीतल स्वभाव बनाउनु पर्दछ । यतिमात्र होईन सहवासको समयमा पुरुषले फुलमाला तथा चन्दनले शुसोभित भएर स्वच्छ एवं सुन्दर वस्त्र धारण गरेर मन शुध्द बनाउनु पर्ने कुराको उल्लेख गरिएकोछ(गरुणपुराण्,द्वितिय खण्ड्,धर्मकाण्ड) 

कुन  रात्रीको गर्भबाट के जन्मनछ ? 

४औं रात्री - पुत्र - दरिद्र, अल्पायु
५औं रात्री - पुत्री - छोरी मात्र जन्माउने
६औं रात्री - पुत्र - मध्यम आयुवाला
७औं रात्री - पुत्री - बांझी
औं रात्री - पुत्र - ऐश्वर्यशाली
औं रात्री - पुत्री - ऐश्वर्यशालीनी
१०औं रात्री - पुत्र - चतुर
११औं रात्री - पुत्री - चरित्रहिन
१२औं रात्री - पुत्र - पुरुषोत्तम
१३औं रात्री - पुत्री - वर्णशंकर
१४औं रात्री - पुत्र - उत्तम
१५औं रात्री - पुत्री - शौभागयवती
१६औं रात्री - पुत्र - सर्वगुणसम्पन्न 

( ४, ५, ६, ७, ११ र १३ रात्रीमा सहवास नगर्दा उत्तम हुनेछ ।)

यही विधी प्रयोग गरेर व्यास ऋषिले अम्बिका, अमबालिका र दासीसंगको नियोगबाट धृतराष्ट्र, पाण्डु र विदुरलाई जन्म दिएकाथिए । 

र, यो पनि
१) पुरुष भन्दा स्त्री कमजोर भए छोरा हुने
२) गर्भाधानको समयमा स्त्रीको दाहिने श्वास चले पुत्री तथा देब्रे श्वास चले पुत्र हुने
३)सुर्य उत्तरायणम बसेको गर्भबाट छोरा तथा दक्षिणायनमा बसेको गर्भबाट छोरी हुने
४) मंगलबार्, विहिबार, आइतबार पुरुषबार हुनाले उक्त दिनमा बसेको गर्भ छोरा हुने
५)सोमबार र शुक्रबार कन्याबार हुनाले त्यो समयको गर्भ छोरी हुने
६) बुध र शनिबार नपुंसक हुनाले ति दिनम गर्भाधानको लागि सजगा हुनुपर्ने

आफ्नो इच्छा अनुसारको सन्तान जन्माएर खुशी हुनुहोस, सुखी हुनुहोस । मेरो मनैदेखिको शुभकामना । 



Wednesday, August 17, 2011

भिडमा




भिडमा मेरो…

भिडमा मेरो हात समाउनेलाई
सम्झना सदा मेरो दिलमा बास जमाउनेलाई

सम्झना माया उनकै मुटुभरि
भुल्न सकिन मैले उनलाई कसैगरी
अनायासै मेरो मनमा माया जगाउनेलाई
प्यार सदा मेरो आँखामा छाया बनी आउनेलाई

कहाँ उनकै यादमा
शायद ओझेल परे उनको आँखामा
पलभर मै मेरो आँखामा सपना ल्याउनेलाई
मंगलकामना मेरो दिलको धड्कन वढाउनेलाई

मिलन थियो हाम्रो पलभरको यादगार छ भयो जीवनभरको
तस्वीरभै मेरो दिलमा समाउनेलाई
आशिश लाख मेरो मुटुभरि प्यार बनी छउनेलाई
                                                                                                                     समर्पण            
   बिकास दँगाल





Sunday, August 7, 2011

फुल्दै थियो जवानीको फुल


कविता

फुल्दै थियो जवानीको फुल आँखा भित्र
तिनै आँखा जुधिदिए तिम्रा आँखा सित

बादलको घुम्टो हालि जुनसँग खेल्थेँ
मायालुका मायालाइ सँगालेर राख्थेँ
चढ्दै थियो जवानीको रंग तनभित्र
त्यहि तन बसिदियो तिम्रो मन भित्र

तड्पि हिड्थें सधैं सधैं माया पाउने आशमा
सबै इच्छा भाग्न खोज्थे खेल्न तिम्रो साथमा
फुल्दै थियो जवानीको फुल आँखा भित्र
तिनै आँखा जुधिदिए तिम्रा आँखा सित

Thursday, August 4, 2011

कविता (अभागी भन्छन्)



अभागी भन्छन् अबला भन्छन् मानिस यि सारा

अभागी बनि किन म जन्मे आमाको कोखबाट



संसारको रित यस्तै छ यहाँ पाइन्न खुशीले

पाइला बढाइ हिड्छु म भने पाउँदिन नारीले

रोक्दिन्छन् सारा यि पाइला मेरा अबला ठानेर

अभागी बनि किन म जन्मे आमाको कोखबाट


बालापन बित्यो जवानी चढ्यो मन भयो वैरागी

नौ डाँडा पारी विदा दिए पराय घर छानी

बस्नलाई मैले पाइन आफ्नो माइति घर भनेर

अभागी बनि किन म जन्मे आमाको कोखबाट



कविता ( सम्हाल तिम्रो जवानीको )



                    सम्हाल तिम्रो जवानीको ……. 



सम्हाल तिम्रो जवानीको प्यालालाई जताततै पोखिन सक्छ 
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ दिउसै डाका लाग्न सक्छ 

कालिगढ़ले सम्पूर्ण कलाकारिता तिमीमै पोखिदिए जस्तो 
तिम्रो सौन्दर्यको  सामु जूनतारा पनि झुकिदिए जस्तो 
शिवजीको तेस्रो नेत्र तिमीलाई हेर्न खुलेको होकी 
सम्पूर्ण ब्रम्हाण्ड तिमीलाई नै  केन्द्र मान्दै छकी 

लुकाऊ तिम्रा नयन कुसुमलाई असमय मै चुडिन सक्छ 
जोगाऊ अधरका अमूल्य खजानालाई यहाँ हर समय चोर लाग्न सक्छ 

इन्द्रधनुष को सातै रङ्गले तिमीलाई रंगाईदिए जस्तो 
तिमीलाई सिङ्गार्न वसन्त वहार नै जुटिदिए जस्तो 
कोइली पनि "को हो" भनि तिमीलाई सोध्दै छकी 
स्वयंभुका आँखाले तिमीलाई नै निहारेको होकी 

छिपाउ घुम्टोमा चेहरालाई कसैको आँखा लाग्न सक्छ 
जोगाउ अधरका मृदु मुस्कानलाई यहाँ दिन दहाडै डाका  लाग्न सक्छ












Tuesday, August 2, 2011

कविता (बाटो कुर्न )












बाटो कुर्न छोडिदेऊ / मैले हिड्न छाडिसकें 
सपना देख्न छोडिदेऊ / म ओझेल परिसकें 
यतिमात्र होइन म पराय भैसकें 
बिरानो  संघारमा उभीइसकें 

यो नसम्झ मैले  धोका दिएँ 
बाटो मोडेर  बिरानो भएँ 
छामिहेर छाती ढुकढुकिमा  मलाई पाउनेछौ 
फर्किहेर पछि उज्यालोमा छायाँ मलाई पाउनेछौ 

विश्वास गर्न छोडिदेऊ / मैले विश्वास घात गरिसकें 
नजिक  देख्न छोडिदेऊ / म टाढा भइसकें 
यतिमात्र होइन म अर्कैकी भैसकें 
परायको आँगनमा  पुगीसकें 

यो नसम्झ निष्ठुरीले माया मारी 
तिम्रो जीन्दगी जलाएर पराय भई 
खोजिहेर मेरो नजरमा तिम्रो तस्विर भेट्नेछौ 
कसम मायाको मेरो जिन्दगी  नै तिम्रो छाया पाउनेछौ 

बाटो निहाल्न  छोडिदेऊ / मैले घुम्ती पार गरिसकें  
अतीत संगाल्न  छोडिदेऊ / म आँखामा ओझेल परिसकें 
यतिमात्र होइन म तिम्रो नजरबाट हराइसकें 
टाढाको संसारमा रमाइसकें 

आवाज उठाऊं (नारी दिवस विशेष )














आवाज उठाउं साथि हो आवाज उठाउं
                                    अन्याय र अत्याचारको विरोधमा 
दमन र शोषणको विरोधमा 
                                     आवाज उठाउं


यहाँ हजारौँ नारी अन्यायको जाँतोमा पिसिईरहेछन 
अत्याचार सहँदा सहँदा पुऱीइरहेछन 
तिमि पनि त त्यही नारी हौ 
                                         आउ हातमा हात मिलाऊँ 
स्वरमा स्वर मिलाऊँ
नारी स्वतन्त्रता र अधिकार प्राप्तिको निमित्त आवाज उठाउं


अन्यायीले अन्याय गर्छ - त्यो पाप हो 
तर मुक भै अन्याय हेर्नु सहनु महापाप हो 
दमन गर्नेले दमन गर्छ 
                            त्यो बस अत्याचार हो 
आँखा चिम्लिएर सहनी त्यो घोरपापी  हो 

त्यसैले , 
          काँधमा काँध मिलाऊँ 
मेची काली एक जुट बनौं 
                                  नारी मुक्तिको निम्ति आवाज उठाउं


नारी स्वतन्त्रता र समानता कोरा कागजमा लिखित  छन् 
मंचको भाषण र मुखमा सिमित छन्
गराइ र व्यवहारमा कहिल्यै नवीनता आउंदैन 
अत्याचार गर्निले गरिरहेछ थिचिनी थिचिइ रहेछन 
आज पनि उही पाषाण युगको नीति र सभ्यता  छ 
उही सत्य द्वापर युगको कानून छ
कसैले बुझ्दैन यो कलि युगको एक्काइसौं शताब्दी हो 
त्यसैले  त नारी पर्खालको घेरा भित्र बन्दी छे
 तिमीले त्यो  पर्खाल भत्काउनु छ 

अत 
      हातमा हात मिलाऊँ काँधमा काँध मिलाऊँ 
      स्वरमा स्वर मिलाऊँ
      आफ्नो हक सुरक्षा र आत्म सम्मानको निम्ति आवाज उठाउं


एउटा घरको चार दिवार भित्र मात्रै उसको संसार सिमित छ 
बस् त्यहि भित्तामा उसका सपना विपनाका चित्र कुँदिएका छन् 
तर ति सपनाले फुल्न पाउदैनन 
विपनाले हास्न पाउदैनन 
किनकि पर्खालको चारघेरा  भित्र उ कैद गरिएकिछे 
मानौ उसले अनगिन्ति जुल्म - गुनाह गरेकिछे 
त्यसैले त जन्म कैदको सजायँ भोग्दै छे 
आफु  जननी भएर आफ्नै सन्तानबाट 

त्यसैले ,
         उठौँ जागौं साथी हो मेची -काली एक बनौँ 
         दुराचारीको बलियो बन्धन चुडाली 
         स्वतन्त्र बन्न आवाज उठाउं
                                               आवाज उठाउं। 

  गणतन्त्र दिवस राजतन्त्र  निरङ्कुशतन्त्र  प्रजातन्त्र  एकदलीय प्रजातन्त्र  बहुदलीय प्रजातन्त्र  शाहीतन्त्र  शिशु प्रजातन्त्र  लोकतन्त्र  अन...